काँग्रेस र मोर्चाबीचको छलफल सकारात्मक, काँग्रेसले सबैसँग सहमति गराउने


sfFu|]; ;efklt ;’zLn sf]O/fnf lgjf; dxf/fhu~hdf dªnaf/ ljxfg k|d’v k|ltkIfL bn g]kfnL sfFu|]; / cfGbf]ng/t dw]zL df]rf{aLr ;d;fdlos /fhgLlts ljifodf jftf{ x’Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको छलफल सकारात्मक रुपमा अगाडि बढेकाले नेताहरुले चाँडै निष्कर्षमा पुग्न सकिने विश्वास लिएका छन् । काँग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा भएको छलफल सकारात्मक रुपमा अगाडि बढेको र सफलता नजिक पुगेको काँग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँले सबै राजनीतिक दलको सहमति लिएर सदनमा जानुपर्ने भएकाले अन्य दलसँग पनि छलफल गरेर फेरि मोर्चासँग बैठक बस्ने बताउँदै भन्नुभयो,“ सबै दलसँग सहमति गरेर अगाडि बढ्नुपर्छ, त्यसका लागि प्रयास जारी छ ।” तराई–मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले काँग्रेससँग विभिन्न विषयमा छलफल जारी रहेको र सकारात्मक रुपमा अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो,“संविधानका विभिन्न धारामा रहेको असहमतिका विषयमा प्रमुख प्रतिपक्ष दलसँग थप छलफलको आवश्यकता छ र टुङ्गोमा पुग्न बाँकी छ ।” उहाँले कुनै पनि बुँदामा अन्तिम टुङ्गोसम्म पुग्ने अवस्था नभए पनि गृहकार्य गरेर अर्को बैठकमा निष्कर्ष निस्कने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?