काँग्रेसको महाधिवेशन नेताको भन्दा कार्यकर्ताको निम्ति परीक्षा भएको पौडेलको भनाई


???????????????????????????????????????????????????नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी १३औँ महाधिवेशनमा पार्टी कार्यकर्ताको नेताहरूको मूल्याङ्कन र कार्यकर्ताको परीक्षा लिन बेला भएको धारणा राख्नुभएको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित नेपाली काँग्रेस कञ्चनपुरको पार्टी कार्यालयमा आयोजित ‘कस्तो बन्यो संविधान, सद्भाव र एकताको अभियान’ कार्यक्रममा सम्बोधन गर्दै उपसभापति पौडेलले पार्टी कार्यकर्ताले पार्टी नेतृत्व कस्तो पाउने र आफ्नो भविष्य कस्तो बनाउने भन्ने विषयमा निर्णय लिनुपर्ने बेला आएको बताउनुभयो । “पार्टीमा नेताहरूले कार्यकर्ताको मूल्याङ्कन नै गरेन भन्ने व्यापक गुनासो सुनिन्छ”, उहाँले भन्नुभयो–“अब कार्यकर्ताले पनि महाधिवेशनमा नेताको मूल्याङ्कन गर्नुपर्छ ।” पार्टी अन्धविश्वासले अगाडि बढ्न नसक्ने भन्दै उहाँले नयाँ विचारका साथ गति दिने नेतृत्व आवश्यक रहेको आँैल्याउनुभयो । “महाधिवेशनले नेतृत्व परिर्वतन गर्नुपर्छ”, पौडेलले भन्नुभयो, “परिर्वतनको एजेन्डा मेरो हो ।”
कार्यक्रममा काँग्रेस नेता डा शशाङ्क कोइरालाले १३औँ महाधिवेशनबाट काँग्रेस बचाउने नेतृत्व ल्याउनुपर्नेमा जोड दिनुभयो । “पार्टी एक हुनुपर्छ”, कोइरालाले भन्नुभयो–“मैले त्यसका लागि कहाँ के भूमिका निभाउनुपर्छ म तयार छु ।” उहाँले पार्टीको शीर्ष नेतृत्वलाई एक भएर जान सुझावसमेत दिनुभयो । कार्यक्रममा काँग्रेस नेताहरू चन्द्र भण्डारी, नारायण प्रकाश साउद, तारणीदत्त चटौतलगायतको सहभागिता थियो ।
सबैमा लचकता आवश्यक छ : काँग्रेस नेता पौडेल
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले वर्तमान समस्या समाधानका लागि सबैमा लचकता आवश्यक रहेको बताउनुभएको छ । धनगढी विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै पौडेलले कठोर व्यवहार र बोलीबाट समस्या समाधान हुन नसक्ने धारणा व्यक्त गर्नुभयो । पत्रकारको प्रश्नमा उहाँले अहिले नै सरकार परिवर्तनको बेला नआएको बताउनुभयो । अर्को प्रसङ्गमा उहाँले आफू आसन्न पार्टीको महाअधिवेशनमा सभापतिमा उम्मेदवार हुने÷नहुने विषयम समकक्षी, पार्टी नेता तथा कार्यकर्तासँग छलफल भइरहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?