भारतमा बलात्कृत नेपाली युवतीको हालत देखेर डाक्टर झण्डै बेहोस
मानिस जस पशु बन्छ तब उसले केह िदेख्दैन । शायद यस्तै भएको थियो रिनालाई (परिवर्तित नाम) उनी आफ्नी दिदीको उपचारमा सहयोग गर्नका लागि भारतको हरियाणाको रोहतक पुगेकी थिइन् । उनलाई बलात्कार गर्ने ७ जनालाई अहिले मृत्युदण्ड भइसकेको छ । उनीहरुलाई मृत्युदण्ड दिने निर्णय अघि युवतीको शरीर पोष्टमार्टम गरिएको थियो । पोष्टमार्टम गर्ने डाक्टरले भनेका छन्, मैले मेरो करिअरको ३० वर्षमा यस्तो विभत्स दृश्य कहिल्यै देखेको थिइनँ । उनले भने, उनको गुप्तांगमा १६ ईन्च लामो ढुंगा समेत पसाईएको थियो । जसका कारण उनको गर्भासय समेत च्यातिएको थियो । यस्तै कन्डम र रडहरु पनि भित्रसम्म कोचिएको थियो । सात जनाले आफ्नो शारीरिक भोक पूरा गरेपछि उनको निर्मम हत्या गरेका थिए । नेपाली युवती एक्लै हिंडेको देखेपछि उनलाई पछ्याएर कब्जामा लिएर खेतमा लगी बलात्कार गरिएको थियो । बलात्कारपछि उनलाई मार्नका लागि टाउकोमा ठूलो ढुंगाले प्रहार गरिएको थियो भने प्रहरीले जब शब भेटे त्यतिबेला उनको हात १० मिटर पर थियो भने शरीर अन्यत्रै । पूरै नांगो अवस्थामा उनको शरीर थियो । यस्तो विभत्स घटना हुँदा यतिबेला हरियाणाका सर्वसाधारणले उनलाई रोहतककी निर्भया नाम दिएका छन् । मानिसले यतिसम्म गर्न सक्छ भन्ने पत्याउन कोही तयार छैनन् । रोहतकको चिन्योट कोलनीमा बसिरहेकी आफ्नी दिदीको उपचारमा सहयोग गर्न पुगेकी २८ वर्षकी उनलाई १ फेब्रुअरी २०१५ मा बलात्कार गरिएको थियो । ४ फेब्रुअरीमा मात्रै उनको शव भेटिएको थियो । शरीरमा ९ वटा चोटका निशान भेटिएको डाक्टरले बताएका छन् । मुख्यतः उनलाई गोप्य अंगमा नै आक्रमण गरिएको थियो । त्यहाँभित्र ब्लेड, फलामका किलाहरु, कन्डम, सिमेन्टको १६ ईन्च लामो फलेक आदि भेटिएको थियो । रोहतकको फास्र्ट ट्रयाक कोर्टले गत सोमबार यी अपराधीहरुलाई फाँसीको सजाय सुनाए पनि त्यो कम नै भएको प्रतिक्रिया भारतभर आएको छ । कसरी मानवको रुपमा यी जनावरहरुले एउटी अबलामाथि यस्तो दुस्कर्म गरे यो अहिले पनि एउटा अनुसन्धानको विषय बनेको छ ।