फेरि भूकम्पको झटकाहरु, शुक्रबार विहान ईन्डोनेसियामा, राति अफगानिस्तानमा भूकम्प
इन्डोनेसियाको पूर्वी भागमा शुक्रबार ५.९ रिक्टर स्केलको भूकम्प गएको त्यहाको भूगर्भशास्त्र अध्ययन संस्थाले जनाएको छ । सो भूकम्प स्थानीय समयाअनुसार शुक्रबार बिहान ६ः१० बजे आएको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु मलुकु टेङ्गगारा बरातदेखि २४२ किलोमिटर उत्तरपश्चिममा ११७ किलोमिटर गहिराईमा रहेको बताइएको छ । यस भूकम्पबाट भएको मानवीय हताहती तथा भौतिक क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन । इन्डोनेसियामा भूकम्प र ज्वालामूखीजस्ता प्रकोपले बारम्बार सताइरहेको पाइन्छ ।
अफगानिस्तानमा राति
शुक्रबार राति अफगानिस्तानलाई केन्द्र बनाएर गएको ६ दशमलब १ को भूकम्पले पाकिस्तानसहित भारतमा समेत कम्पन गराएको छ । यसका कारण पाकिस्तानमा ३० जना घाइते भएको विवरण अहिलेसम्म आएको छ । नेपालमा गएको विनाशकारी भूकम्प पछि यही क्षेत्रका आसपासका देशहरुमा पनि भूकम्पका झट्काहरु देखिनुले अझै पनि नेपालमा एक किसिमको पूर्वसतर्कता आवश्यक रहेको देखाएको छ ।