हत्याका अभियुुक्त बीस वर्षपछि पक्राउ


20 barsa pa6i pakrau

हत्याको अभियोगमा अदालतबाट कैद सजाय पाएका एक अभियुक्तलाई २० वर्षपछि सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतौना गाविस–७ (हाल गोलबजार नपा–१२)का ७० वर्षीय सरयुग यादव रहेका छन् । घरमा लुुकेर बसेको विशेष सूूचना पाएपछि उनलाई घर मै पुुगेर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुुभयो । उहाँका अनुुसार कर्तव्य ज्यान मुुद्दाका अभियोगमा यादवलाई जिल्ला अदालत सिरहाले २०५२ मङ्सिर ६ गते छ महिना कैदको फैसला सुनाएको थियो । कैदको सजाय पाएपछि अभियुुक्त यादव लुकीछिपी बस्दै आएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?