दक्षिण कोरियाली महिलाद्वारा जापान कोरिया सहमतिको विरोध


japan koreaदक्षिण कोरियाली महिलाले हालै जापान र दक्षिण कोरियाबीच भएको सहमतिको विरोध गरेका छन् । हालैमात्र दक्षिण कोरिया र जापानले दोस्रो विश्वयुद्धका समयमा जापानी सेनाका तर्फबाट दक्षिण कोरियाली महिलामाथि भएको ज्यादतीको सम्बोधन गर्ने क्रममा क्षतिपुर्तीसहितको प्याकेज घोषणा गरेका थिए ।
दोस्रो विश्वयुद्धका समयमा जापानी सेनाले दक्षिण कोरियाली महिलालाई यौनदाशी बनाएको आरोप दक्षिण कोरियाले लगाउदै आएको थियो । सो विषयमा जापानले माफीमाग्दै सो गल्तीका लागि क्षतिपुर्ती रकमका साथै ‘कम्फर्ट विमन’ नामक सम्झौता गरेको थियो । सो सम्झौताबमोजिम हाल पनि दक्षिण कोरियामा जिवीतै रहेका ती पीडित महिलाका लागि क्षतिपूर्ती रकमको पनि घोषणा गरेको थियो । सो घोषणा बमोजिम जापानले दक्षिण कोरियाली पीडित महिलाका लागि एक अर्ब जापानी येन बराबरको रकम उपलब्ध गराउने विषयमा पनि सम्झौता भएको छ । तर सो सम्झौताका विरुद्धमा ती जिवीत पीडित महिला र उनीहरुका सयौँजना समर्थकले उक्त सम्झौताको विरोध गरेका थिए । उनीहरुले उक्त सम्झौता गर्ने आफ्नै सरकार र जापान सरकारका विरुद्धमा बुधबार दक्षिण कोरियाको राजधानी सोलमा विरोध प्रदर्शन गरेका छन् ।
उनीहरुले सरकारले गरेको सो निर्णयबाट आफ्नो अपमान भएको बताएका छन् । साथै यस अपमानको विरुद्धमा तथा आफुहरुले युद्धका समयमा जापानी सेनाबाट भएको ज्यादतिका विषयमा सङ्घर्ष गरिरहने जनाएका छन् । करिब २५० जना महिलाले सोलमा रहेको जापानी दूतावासको भवन अगाडि प्रदर्शन गरेका थिए । युद्धका समयमा पीडित बनेकी एक महिला लि योङ सुले भनिन्– हाम्रो सङ्घर्ष जारी नै छ, हामीले न्याय नपाउदा सम्म सङ्घर्ष त्याग्दैनौँ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?