नयाँ राज्यमन्त्रीहरुको अनुहार यस्तो छ हेर्नुस्


5 /fHodGqL–zky k|wfgdGqL s]kL zdf{ cf]nLaf6 z’qmaf/ l;+xb/af/df gjlgo’Qm 5 /fHodGqLx?nfO{ zky v’jfpFb} . tl:a/ M k|bLk/fh jGt,/f;;

प्रधानमन्त्री केपी शर्मा ओलीले छ राज्यमन्त्रीको कार्यभार तोक्नाका साथै उहाँहरुलाई शपथ खुवाउनुभएको छ । ही पुस ९ गते नियुक्त हुनुभएका राज्यमन्त्री दिनेशचन्द्र यादव, दामोदर भण्डारी, बलबहादुर महत, नरदेवी पुन मगर, मञ्जुकुमारी चौधरी र दीपनारायण साहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा शपथ खुवाइएको हो । उहाँहरु सबै नेकपा (एमाले) बाट प्रतिनिधित्व गर्नुहुन्छ । यादवलाई खानेपानी तथा सरसफाइ, भण्डारीलाई अर्थ, महतलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मगरलाई पशु विकास, चौधरीलाई सहरी विकास र साहलाई शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ । पटक पटक भएको विस्तारपछि मन्त्रिमण्डल ४० सदस्यीय बन्न पुगेको छ, जसमा उपप्रधानमन्त्री छ, मन्त्री २१, राज्यमन्त्री १० र सहायकमन्त्री दुई छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?