राजेन्द्र महतोको नागकिरता नक्कली भएको भन्दै युवासंघका पदाधिकारीले गृहमन्त्रीलाई बुझाए ज्ञापन


rajendra mahatoसत्तारुढ नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नागरिकता छानविन गर्न माग गरेको छ । युवा संघको मधेश ब्युरोले शनिबार गृहमन्त्री शक्ति बस्नेतलाई ज्ञापनपत्र बुझाइ सद्भावनाका अध्यक्ष महतो भारतीय नागरिक भएको तर उहाँले झुटो विवरण पेश गरी नेपाली नागरिकता लिएको भन्दै नागरिकता छानविनको माग गरेको हो । सद्भावनाका अध्यक्ष महतोले सर्लाहीको बबरगंज गाविस स्थायी ठेगाना राखी नागरिकता लिनुभएको छ । युवा संघका मधेश ब्युरो प्रमुख संजिवकुमार झाले आफुहरुसँग महतोको नागरिकता नक्कली भएको प्रमाण रहेको भन्दै सरकारले तत्काल छानविन गरेर नागरिकता बदर गर्नुपर्ने बताउनुभयो । सद्भावनाका अध्यक्ष महतोले झुटो विवरणका आधारमा नागरिकता लिएको विषयमा छानविन गर्न यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८ सालको फागुन १ गते गृह मन्त्रालयलाई पत्राचार नै गरेको थियो । अख्तियारको पत्रपछि गृह मन्त्रालयले यस विषयमा स्पष्ट पार्न सर्लाही जिल्ला प्रशासन कार्यालयलाई पत्र काटेकामा सर्लाही जिल्ला प्रशासन कार्यालयले २०६९ सालको जेठ २९ गते महतोको नागरिकता छानविनका लागि कार्यालयमा कुनै अभिलेख नरहेको जवाफ दिएको थियो । गृहमन्त्री शक्ति बस्नेतले नागरिकताको विषयमा दलहरु अहिले छलफलको क्रममा रहेको भन्दै महताको नागरिकता सक्कली भए÷नभएको बारेमा मन्त्रालयले उपयुक्त विधिबाट बुझ्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?