राति अबेरसम्म बसेको बैठक सहमतिहीन, कार्यदल बनाएर सहमति खोज्ने निर्णय


tLg bn / dw];L df]rf{ a}7s k|wfgdGqL lgjf; afn’jf6f/df cfOtaf/ k|d’v tLg bn g]skf -Pdfn]_, k|d’v k|ltkIfL bn g]kfnL sfªu|];, Pdfcf]jfbLsf zLif{g]tf / cfGbf]ng/t ;+o’Qm nf]stflGqs dw];L df]rf{sf g]tfx?sf] a}7s a:b} . tl:a/ M /f]zg ;fksf]6f,/f;;

मुलुकको वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि साझा धारणा बनाएर अघि बढ्नेतर्फ प्रमुख तीन राजनीतिक दल र संयुक्त लोकतान्त्रिक मोर्चाबीच सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ अबेरसम्म बसेको सत्तारुढ नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको बैठकमा सहमतिको बिन्दु पहिल्याउन एउटा संयन्त्र बनाएर जाने विषयमा सैद्धान्तिक सहमति भएको थियो । करिब तीन घन्टा लामो बैठकपछि बाहिरिएका नेताले छलफल सकारात्मक दिशातर्फ उन्मुख भएको र आन्दोलनरत मोर्चाले उठाएको मागलाई सम्बोधन गर्नका लागि एउटा कार्यदल बनाएर जानेगरी समझदारी भएको प्रतिक्रिया दिएका छन् । बैठकमा मोर्चाका मागबारे साझा धारणा बनाएर तीन दल र मधेसी मोर्चाबाट एक–एक प्रतिनिधि रहने गरी कार्यदल बनाउने प्रस्ताव गरिएको थियो ।
बैठकमा तीनदलले केही दिनअघि बनाएको तीन सदस्यीय कार्यदलको प्रस्ताव गरी मोर्चाका तर्फबाट प्रतिनिधि तोक्न आग्रह गरेको थियो । उक्त प्रस्तावप्रति मोर्चाले आवश्यक छलफल गरेर जवाफ दिने बताएको थियो । तीन सदस्यीय कार्यदलमा नेपाली काँग्रेसका नेता महेश आचार्य, नेकपा (एमाले) का नेता भीम आचार्य र एकीकृत नेकपा (माओवादी) का महासचिव कृष्णबहादुर महरा रहनुभएको छ । बैठकपछि उपप्रधानमन्त्री भीमबहादुर रावलले सहमतिको साझा बिन्दु पहिल्याउनेबारे सकारात्मक कुराकानी भएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
बैठकमा दुवै पक्षले आ–आफ्ना कुरा खुलस्तरुपमा राखेको अहिलेको परिस्थितिमा विश्वासको वातावरण बनाएर अघि बढ्नेबारे छलफल भएको उहाँले उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री रावलले भन्नुभयो “बहुदलीय व्यवस्थामा सबैका फरक दृष्टिकोणहरू हुन्छन् । अहिलेको अवस्थालाई सामान्य अवस्थामा फर्काएर विश्वासको वातावरण बनाउन के के विषयमा कसरी सहमति खोज्न सकिन्छ भन्नेबारे तीन दल र मोर्चाका तर्फबाट प्रतिनिधि रहनेगरी साझा धारणा बनाएर जाउँ भन्ने हामीले प्रस्ताव गरेका छौँ उहाँहरूले तयारी गरेर आउँछौँ भन्नुभएको छ ।” नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मुलुकको वर्तमान गतिरोध अन्त्य गर्नेबारे दलहरूबीच सकारात्मक छलफल भएको बताउनुभयो । उहाँले संविधान संशोधन र प्रदेश सीमाङ्कनबारे लामो छलफल भएको र त्यसमा सहमति खोज्नका लागि तीन दल र मधेसी मोर्चाका प्रतिनिधि रहनेगरी कार्यदल बनाएर जाने सहमति भएको जानकारी दिनुभयो । मोर्चाको एक घटक तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयश त्रिपाठीले बैठकमा सहमतिको मस्यौदा तयार गर्न तीन दलले संयन्त्र बनाएर जाने प्रस्ताव गरेको र त्यसबारे मोर्चाले पछि जवाफ दिने बताउनुभयो । उहाँले मोर्चाले उठाएको ११ बुँदे मागबारे खुलस्त रुपमा छलफल नभएको तर सहमति गर्नुपर्छ भन्नेमा दलहरूको चासो रहेको उल्लेख गर्नुभयो । यसअघि तीन दलका शीर्ष नेताबीचको बैठकमा मोर्चासँगको वार्तालाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा साझा धारणा बनाएर अघि बढ्ने सहमति भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?