दिउँसो सिमानामा धर्ना दिनेहरुले नै राति ट्यांकरमा तेल ल्याएर बेचिरहेको भट्टराईको आरोप
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले मधेसवादी दलले देशलाई विखण्डनतिर डो¥याइरहेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी नेपाल दार्चुलाको तेस्रो जिल्ला अधिवेशनलाईसम्बोधन गर्दै उहाँले आन्दोलनको नाममा उनीहरूले नाकामा अवरोध गर्ने र देशलाई विखण्डनतिर डो¥याइरहेको आरोप लगाउनुभएको हो । नेकपा (एमाले) देशमा शान्ति सुरक्षा कायम राख्न र सीमा क्षेत्रको रक्षाका लागि देशलाई एकताबद्ध बनाएर अगाडि बढाउनेछौँ । उहाँले भन्नुभयो– “राष्ट्रियताको पक्षमा नागरिकको जनमतसमेत तयार पार्नेछौँ ।” एमालेका प्रचार विभाग प्रमुखसमेत रहेका नेता भट्टराईले हिमाल, पहाड र मधेसलाई मिलाएरै देशको सीमाङ्कन गरिने धारणा व्यक्त गर्नुभयो । “मधेसी दलका नेता तेलको तस्कर हुन” उहाँले भन्नुभयो, “दिनमा सीमामा अवरोध गर्ने र कसैले बोतल, जर्किनमा तेल ल्याउँदा तस्कर भन्ने र जलाउने काम गरिरहेका छन् ।” रातिराति आफ्नो ट्याङ्करमा तेल ल्याएर बेचिरहेको समेत उहाँको दाबी रहेको छ । एक फरक प्रसङ्गमा उहाँले लामो राजनीतिक क्रान्ति संविधान निर्माणले पूरा भएको र अब नेपालमा आर्थिक र सामाजिक क्रान्तिको खाँचो रहेको धारणा व्यक्त गर्नुभयो ।