बंगबन्धु कपका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा


anfaअखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बङ्गलादेशको ढाकामा यही महिना (जनवरी)मा हुन लागेको बङ्गबन्धु गोल्ड कप खेल्ने नेपाली टोलीको नाम आज सार्वजनिक गरेको छ । तेइस सदस्यीय टोलीमा तीन गोलकिपर, सात डिफेन्डर, नौ मिडफिल्डर र चार स्ट्राइकर छन् । गोलकिपरमा एलान न्यौपाने, अमृत चौधरी र विकास कुथु छन् भने डिफेन्डरमा आदित्य चौधरी, अनन्त तामाङ, विराज महर्जन, देवेन्द्र तामाङ, कमल श्रेष्ठ, रविन श्रेष्ठ र मनबहादुर तामाङ समावेश छन् । त्यस्तै मिडफिल्डरमा अन्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन गुरुङ, जगजीत श्रेष्ठ, जङ्बु शेर्पा, प्रकाश बुढाथोकी, सुनिल बल र तेज तामाङ परेका छन् भने स्ट्राइकरको जिम्मेवारी विमल घर्तीमगर, नवयुग श्रेष्ठ, रञ्जन विष्ट र सुमन लामाले पाएका छन् । टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन, गोलकिपङ प्रशिक्षकमा उपेन्द्रमान सिंह तथा व्यवस्थापकमा विराटजङ्ग शाहीलाई छनोट गरेको एन्फाले जनाएको छ । नेपालको समूहमा मलेसिया, आयोजक बङ्गलादेश र श्रीलङ्का समावेश छन् । नेपालले आफ्नो पहिलो खेल जनवरी ९ मा मलेसियासँग खेल्ने छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?