तस्करमाथि प्रहरी कारवाही, अठार लाखको अवैध सहमानसहित तीन पक्राउ


unt sfdsf] unt glthf M jL/uGhsf] 5ks}ofaf6 ;f]daf/ laxfg ?= tLg nfv d”Nosf] cj}w sk8f;lxt kqmfp tLg hgf cleo’QmnfO{ ;fj{hlgs ub}{ j8f k|x/L sfof{no ljtf{ . tl:a/ M ljhos’df/ dxtf],k;f{,/f;;

मधेस केन्द्रित दलको बन्द, हडताल र नाकाबन्दीले वैध व्यापारलाई अवरुद्ध गरेपछि सीमाक्षेत्रमा अवैध व्यपार फस्टाउँदै गएको छ । आन्दोलनका कारण सीमाक्षेत्रमा सुरक्षा सतर्कता कम भएपछि भन्सार छली गरेका समान नेपाल भित्रिने क्रम बढेको हो । यसै क्रममा आज बिहान वीरगन्जबाट काठमाडाँैतर्फ लैजान लागेकोे करिब रु तीन लाख मूल्य बराबरको कपडासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा वीरगन्जको छपकैयाबाट ना.३३०१ नम्बरको टाटा सुमोमा राखेर काठमाडाँै लैजान लागिएको कपडासहित कारोबारीलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो । रक्सौलबाट वीरगन्ज भित्र्याइएको कुर्ता सुरुवाल, सटिङसुटिङको कपडा राखी लैजाने क्रममा प्रहरीले कारबाही गर्दा २०० पिस कुर्ता सुरुवाल र सटिङसुटिङ थान कपडासहित सुमो चालक काठमाडाँै ललितपुर थैवा निवासी नवीन कुवँर, छपकैया २ निवासी महम्द फिरोज र महम्द अनवरलाई नियन्त्रणमा लिएको निरीक्षक मल्लले बताउनुभयो । त्यसै वीरगन्जको विभिन्न स्थानबाट एक साताभित्र प्रहरीले रु १५ लाख मूल्य बराबरको केबुलवायर, कपडा, सुर्ती, जुत्ताचप्पल, खाद्यान्नलगायतका विभिन्न वस्तु बरामद गरेको वडा प्रहरी कार्यालय विर्ताले जनाएको छ । बरामद गरिएको समान र पक्राउ गरिएका व्यक्तिलाई बाहनसहित आवश्यक कारबाहीका लागि आजै राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने तयारी भएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?