नयाँ शक्ति अष्ट्रेलियाको तदर्थ समितिको संयोजकमा पौडेल, ईलेक्ट्रोनिक फर्म भरेर भेलाभए युवाहरु


Bannerपूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रस्तावित नयाँ शक्तिको अष्ट्रेलियामा भेला आयोजक कमिटी निर्माण भएको छ । आइतबार सिड्नीको कोग्रामा आयोजना गरिएको एक प्रारम्भिक भेलाले यस्तो कमिटी बनाएको हो । कमिटीको संयोजकमा विनोद पौडेल चुनिएका छन् । यस्तै अन्य सदस्यहरुमा अरुण तामांग, अस्मित आचार्य, सुरज श्रेष्ठ, दिनेश जिसी, सुनान चौलागाई, अनिल पाण्डे, सुमन खरेल, बाबु गोर्खाली, दिपु न्यौपाने, तिर्थराज कार्की, विकास श्रेष्ठ, सविता भट्टराई रहेका छन् । 0U2A138Binod Paudelअष्ट्रेलियाम रहेर विभिन्न पेशा व्यवसायमा संलग्न हुनुभएका नेपालीहरु भेलामा सहभागी थिए । यसअघि नेपालमा डा. बाबुरा भट्टराईसँग प्रत्यक्ष अन्तरक्रिया गरेर थालिएको कार्यक्रममा बोल्दै डा. भट्टराईले पारदर्शिता, राजनीतिक ईमान्दारिताका साथ देशलाई सम्बृद्धिमा लैजानका निम्ति नयाँ शक्तिको प्रार्दूभाव भएको बताउनुभयो । उहाँले नयाँ शक्ति अभियान निर्माणमा करिब तीन लाख सदस्यहरु संस्थापक बन्ने भन्दै यसका लागि देश विदेशमा अहिले अभियान चलिरहेको बताउनुभयो । देशका निम्ति केही गर्नुपर्छ भन्ने सोचका साथ रहेका सबैजना एकै ठाउँमा आउने हो भने यो वैकल्पिक शक्ति निर्माण हुनेछ जसले देशलाई प्रगति र विकासको चरणमा लैजानेछ, उहाँको भनाई थियो । भेलाा उपस्थितहरुले डा. बाबुराम भट्टराईलाई पार्टीको आर्थिक श्रोत, पारदर्शीता, संगठन संरचना, जनजाति, दलित, आदिवासी र अन्य समूदायलाई हेर्ने दृष्टिकोण आदिका विषयमा प्रश्न सोधेका थिए । जवाफमा भट्टराईले सैद्धान्तिक स्वरुप तयार भइसकेको र अब विकासको खाकाहरु कोर्नका निम्ति विदेशमा रहेका नेपालीहरुले पनि महत्वपूर्ण योगदान दिने अपेक्षा आफुले गरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?