संविधानको कार्यान्वयनका लागि काँग्रेसको सद्भाव र एकता अभियान


sfFu|]; s]Gb|Lo ;ldlt a}7s k|d’v k|ltkIfL bn g]kfnL sfFu|];sf] s]Gb|Lo sfo{;ldlt a}7s kf6L{sf] cf;Gg !#cf}F dxflwj]zgsf] tof/L ;DaGwdf 5nkmn ug{ a’waf/ kf6L{ s]Gb|Lo sfof{no ;fg]kfdf x’Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

sfFu|]; s]Gb|Lo ;ldlt a}7s  k|d'v k|ltkIfL bn g]kfnL sfFu|];sf] s]Gb|Lo sfo{;ldlt a}7s kf6L{sf] cf;Gg !#cf}F dxflwj]zgsf] tof/L ;DaGwdf 5nkmn ug{ a'waf/ kf6L{ s]Gb|Lo sfof{no ;fg]kfdf x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
sfFu|]; s]Gb|Lo ;ldlt a}7s
k|d’v k|ltkIfL bn g]kfnL sfFu|];sf] s]Gb|Lo sfo{;ldlt a}7s kf6L{sf] cf;Gg !#cf}F dxflwj]zgsf] tof/L ;DaGwdf 5nkmn ug{ a’waf/ kf6L{ s]Gb|Lo sfof{no ;fg]kfdf x’Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा संविधानसम्मत नीति र विधान विषयक अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमको उद्घाटनमा नेपालको नयाँ संविधानले नेपाली जनताको भावनालाई अधिकतम समेटेकोमा जोड दिइएको छ । ‘कस्तो बन्यो संविधान रु सद्भाव र एकताको अभियान’ भन्ने नाराका साथ आयोजित प्रशिक्षण कार्यक्रमका वक्ताहरूले नेपाली जनताको लामो समयको सङ्घर्षबाट प्राप्त संविधानले प्रत्येक वर्ग, जातजाति र समुदायका भावनालाई समेट्दै राष्ट्रलाई समृद्धि र आर्थिक विकासमा अग्रसर हुन मार्ग प्रशस्त गरेकामा जोड दिनुभयो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले आम नेपालीका भावनालाई समेट्ने प्रयास गरेको बताउँदै यो विश्वमै उत्तम संविधानका रुपमा रहेको चर्चा गर्नु भयो । संविधानमा समानुपातिक, समावेशीलगायतका केही विषय छुट हुन गएका कारण त्यसका लागि संशोधनको प्रक्रिया बढाइसकिएको बताउँदै उहाँले संविधानको संशोधनपश्चात् देखिएका केही समस्या पनि समाधान भएर जाने उल्लेख गर्नुभयो । “पार्टी महाधिवेशनको सङ्घारमा उभिएको छ, महाधिवेशनले पार्टीलाई एकाकार बनाएर लैजाने जुझारु नेतृत्व चयन गर्नुपर्छ”– उहाँले भन्नुभयो– “पार्टीमा कसैको पनि एकलौटी हुन हुँदैन ,पार्टीलाई एकताबद्ध बनााएर लैजानुपर्छ भन्नु भागबण्डा होइन ।” नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवम् पार्टीका उपसभापति रामचन्द्र पौडेलले नेपालको नयाँ संविधान देशको अग्रगमन र विकासका लागि आएको उल्लेख गर्नुभयो ।
“देशको विद्यमान समस्यालाई समाधान गर्न काँग्रेसले सत्तापक्ष र आन्दोलनकारी दुवैलाई एक ठाउँमा ल्याएर अघि बढ्नु आवश्यक रहेको छ”– उहाँले भन्नुभयो । पार्टी महाधिवेशनको महत्वपूर्ण चरणमा हिँडेको चर्चा गर्दै उपसभापति पौडेलले अबको काँग्रेसको नेतृत्व पार्टी सङ्गठनलाई बलियो बनाउँदै राष्ट्रिय समृद्धि र विकासका लागि सोच्न सक्ने, बोल्न सक्ने र गर्न सक्ने हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले फरक विचार र दृष्टिकोण भएका राजनीतिक दललाई एक ठाउँमा ल्याएर काँग्रेसले देशलाई नयाँ संविधान दिन सकेको बताउनु भयो । संविधान जारी भएपछिका समस्या समाधानका लागि पार्टी दृढ भएको उल्लेख गर्दै उहाँले देशका ठूलाठूला आन्दोलनमा पनि कोही दशगजामा बसेर आन्दोलन नगरेको र नेपाल र नेपाली जनतालाई समस्या पार्ने तवरबाट दशगजामा बसेर आन्दोलन गर्न नहुने धारणा राख्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसदहरू डा शेखर कोइराला, अर्जुन नरसिंह केसी, गोपालमान श्रेष्ठ, अर्जुन जोशी, यज्ञबहादुर थापा, गोविन्द भट्टराई, राजन पन्त, शङ्कर भण्डारी, रत्ना शेरचन, प्रदीप पौडेल, गगनकुमार थापा, जीवन परियार, कमला पन्त, शारदा पौडेललगायतले संविधान नेपाल र नेपाली जनताको महत्वपूर्ण उपलब्धि भएको र यसको कार्यान्वयनका लागि काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?