चिन्नुहोस् ताइवानकी पहिलो महिला राष्ट्रपतिलाई


Taiwanताइवानको प्रमुख प्रतिपक्षी दल की नेत्री साई इङवेन यहाँको राष्ट्रपतिको निर्वाचनमा करिब ६० प्रतिशत मत प्राप्त गरी ताइवानको इतिहासमा नै पहिलो महिला राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएको छ । निर्वाचनमा बहुमत प्राप्त गरेपछि नव–निर्वाचित डिमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) का नेत्री साईले ताइवानको आफ्नै परिचय रहेको जनाउँदै आफू ताइवानलाई थप मजबुत बनाउनमा सक्रिय रहने बताउनुभएको छ । उहाँले निर्वाचनमा आफ्नो दललाई विजयी बनाउन विशेष भूमिका खेल्ने सम्वद्ध सबैलाई शनिबार एक सम्बोधनमार्फत् धन्यबाद ज्ञापन गर्नुभएको छ । यस्तै निर्वाचिनमा बेइजिङ्सँगको निकट सम्बन्ध चाहने वर्तमान् सत्ताधारी दलले नराम्रो पराजय बेहोर्नु परेको छ । निर्वाचनपछि जनताको मतादेशलाई स्वीकार गर्दै कुओमिन्ताङ (केएमटी) अध्यक्ष एरिक चुले शनिबार आफ्ना मतदातालाई सम्बोधन गर्दै भन्नुभयो, हामी निर्वाचनमा पराजित भएका छौँ, यसका लागि पार्टी अध्यक्षको नाताले म क्षमा प्रार्थी छु । चुले आँखाभरी आँशु पार्दै भन्नुभयो, हामीले मतदाताको इच्छा अनुसार कडा मेहनत गर्न नसकेका कारण चुनावमा असफल भएका छौँ । आगामी दिनमा आफ्ना गतिविधिलाई जनताप्रति अझ समर्पित गर्दै जनताको केमएटी प्रतिको मायालाई पुनः स्थापित गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । साईका निकटतम प्रतिद्वन्द्वी उम्मेदवार चु केएमटीले जम्मा खसेको मतको ३० प्रतिशत मात्र मत प्राप्त गर्नुभएको छ । चुले शनिबारै निर्वाचन आफ्नो परिणामको जिम्मेवारी लिँदै आफ्नो पार्टीको अध्यक्षबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । ताइवानी जनताले डीपीपी उम्मेदवार शाइलाई ताइवानको पहिलो राष्ट्रपतिका रुपमा विजय बनाएका छन् । यसको हामी पूर्ण कदर गर्दै डीपीपीलाई बधाई ज्ञापन गर्दछौँ, चुले भन्नुभयो । यसमा केएमटी वा डिमोक्रटिक प्राग्रेसिभ पार्टी (डीपीपी) को विजयभन्दा पनि ताइवानी जनताको विजय भएको छ, चुले थप्नुभयो । ताइवानको वर्तमान सरकारले चीनसँग गरेको व्यापार सम्झौता सामान्य ताइवानी जनताको हितविपरित भएको भन्दै केएमटीलाई यस पूर्व मतदान गर्ने नागरिकले असन्तुष्टिस्वरूप प्रतिपक्षी दललाई मतदान गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?