काँग्रेस सहितको राष्ट्रिय सरकार आवश्यक भएको प्रचण्डको ठहर


prachandaएकीकृत नेकपा९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले मुलुकका सामु देखिएका समस्या समाधानका लागि राष्ट्रिय सरकार जरुरी रहेको दोहो¥याउनुभएको छ । धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले संविधानको कार्यान्वयन, भूकम्पले पु¥याएको क्षति, नाकाबन्दीलगायतका समस्या समाधान गर्न राष्ट्रिय सरकार जरुरी रहेको स्पष्ट पार्नुभयो । राष्ट्रिय सरकारको गठनका लागि काँग्रेससँग पहिले पनि र अहिले पनि आफूले कुरा गरिरहेको उहाँले बताउनुभयो । एमाओवादीले प्रदेश नं ७ का नेता कार्यकर्ताका लागि धनगढीमा आयोजित प्रशिक्षणमा सहभागी हुन अध्यक्ष दाहाल उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका नेता आज धनगढी आइपुग्नुभएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?