मोरल्याण्डकी नयाँ मेयरसँग नेपाली अग्रजहरुको भेट, नेपाली समूदायको हित प्रबद्र्धन एजेन्डा


NAVमेलबर्न । मोरल्याण्डका नवनिर्वाचित मेयर समान्था रत्नमसँग भेट गरी भिक्टोरियाका लागि अवैतनिक नेपाली महावाणिज्यदूत चन्द्र योन्जन र न्याभका अध्यक्ष सुधिर शाक्यले त्यहाँ बसोबास गर्ने नेपाली समूदायका सदस्यहरुको विषयमा अवगत गराउनुभएको छ । भेटमा न्याभका पूर्वअध्यक्ष बम योञ्जन पनि सहभागी हुनुहुन्थ्यो । परिचयात्मक भेटघाट भएपनि नेपाली समूदायका समस्या, उनीहरुका निम्ति गर्नसकिने कार्यका विषयमा खुलेर छलफल भएको थियो । भेटका अवसरमा नेपालको कुनै एक शहर र मोरल्याण्डकाबीच सांस्कृतिक आदान प्रदान, सामाजिक, औद्योगिक, खेलकुद आदिको माध्यमबाट भगिनी सम्बन्ध स्थापना गर्ने विषयमा कुराकानी भएको छ । यस्तो सम्बन्ध स्थापित गरेपछि दुई शहरका उच्च अधिकारीहरुको भ्रमण आदानप्रदान गर्ने विषयमा पनि कुराकानी भएको महावाणिज्यदूत चन्द्र योन्जनले जानकारी दिनुभयो । भिक्टोरियामा रहेका नेपाली समूदायको हित प्रबद्र्धन गर्न र उनीहरुलाई स्थानीय क्षेत्रमा प्राप्त हुने सुविधाहरुको अभिबृद्धिका लागि यस किसिमका भेट निरन्तर भइरहेको पनि उहाँले जानकारी दिनुभयो । यस्ता भेटले नेपाली समूदायप्रति यहाँको स्थानीय निकायमा विश्वासको वातावरण बढ्ने र आगामी दिनमा उनीहरुले नीति निर्माण गर्दा नेपाली समूदायलाई समेत लक्षित गरेर बनाउने हुनाले भेट महत्वपूर्ण रहेको उहाँको भनाई छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?