अष्ट्रेलिया डे परेड एडिलेडमा यसरी झल्कियो नेपाली समूदायको पहिचान
अष्ट्रेलियाको एडिलेडमा अष्ट्रेलियन डेको अवसरमा नेपाली समूदायले बृहद झाँकी प्रस्ुतत गरेको छ । एडिलेड नेप्लीज सोसाईटीको पहलमा गरिएको कार्यक्रममा एनआरएनका ओसेनिया क्षेत्रीय उपसंयोजक रमेश जोशी पनि सहभागी थिए । यसैगरी नेपाली समूदायका अगुवाहरु सहभागी बनेको कार्यक्रमको संयोजक एडिलेड नेप्लीज सोसाईटीका अशोक केसीले गरेका थिए । हिमाल, पहाड र तराईको पहिचान झल्किने विभिन्न पोशाकमा सजिएर अष्ट्रेलियामा बस्ने नेपाली समूदायको प्रतिनिधित्व गरिएको थियो । संयोजक केसीका अनुसार विभिन्न सांस्कृतिक पोशाक प्रदर्शन, लाखेको पहिरन मुख्य आकर्षण थियो । विशेष रुपमा सजनाइएको जीपमा पाँच नेपाली कन्याहरुलाई राखेर पञ्चकन्यालाई समेत झाँकीमा प्रस्ुतत गरिएको थियो । अष्ट्रेलिया डे परेडमा सहभागी भएका अन्य समूदायका मानिसहरुले समेत चासो दिएर नेपाली सांस्कृतिक विविधताको अवलोकन गरेका थिए । एडिलेड नेप्लीज सोसाईटीले यसअघिका वर्षहरुमा पनि यस किसिमको कार्यक्रम गर्दै आएको छ ।