नेपाल प्रहरीले पनि सम्मान गर्यो फुटबलको विजेता टोलीलाई


police sammanनेपाल प्रहरीले बङलादेशमा हालै सम्पन्न बङ्गबन्धु गोल्डकप उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडीलाई सम्मान गरेको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय टीमका २३  खेलाडी र चार अफिसियललाई सम्मान गरेको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले जित सबैलाई प्राप्त नहुने उल्लेख गर्दै अथक प्रयास, दृढ सङ्कल्प एवम् मिहिनेतको प्रतिफल अहिलेको जित भएको आफूले महसुस गरेको बताउनुभयो । नेपाली खेलाडीलाई व्यावसायिकरुपमा खेल्न सम्मान मात्र होइन खेलाडीको समृद्धितर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले खेलकुदको विकास र समृद्धिका नेपाल प्रहरीको तर्फबाट सक्दो सहयोग गरिने उल्लेख गर्नु भयो । राष्ट्रिय खेलाडीहरूलाई नेपाल प्रहरी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने र राष्ट्रिय टीमको खेलमा एम्बुलेन्स र चिकित्सक उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । नेपाली राष्ट्रिय फुटबल टीमका क्याप्टेन विराज महर्जनले छोटो अवधिमा टीम व्यवस्थित बनाउँदै आगामी दिनमा समेत नेपाल र नेपालीलाई खुशी दिलाउने प्रतिबद्धता व्यक्त गरे । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?