भेनेजुयलामा करीब पाँच हजार मानिस जिका भाइरसबाट प्रभावित, फ्रन्स मा पनि पाँच संक्रमित


zikaभेनेजुयलामा जिका भाइरसबाट करिब ४ हजार ७०० जना प्रभावित भएको हुनसक्ने प्रारम्भिक तथ्याङ्क आएको यहाँका लुइसाना मेलोले शुक्रबार बताउनुभएको छ । विदेश यात्राबाट फर्किएका पाँच जना फ्रान्सेली नागरिकलाई समेत जिकाका किटाणु भेटिएको बताइएको छ । जिकाको सङ्क्रमण हेर्दा सामान्य देखिने बालबालिकाको मस्तिष्कमा पनि हुने गर्दछ । भेनेजुयलाका स्वास्थ्यमन्त्री मेलोले भन्नुभयो, हामीलाई हालसम्म प्राप्त सूचनाअनुसार भेनेजुयलामा जिका किटाणुबाट करिब ४ हजार ७०० मानिस प्रभावित भएको आशङ्का छ । यसको विस्तृत अध्ययन भइरहेको छ, उहाँले थप्नुभयो ।
भेनेजुयलाले सरकारी तहबाट नै यति धेरै मानिस जिका किटाणुबाट प्रभावित भएको हुनसक्ने भन्दै सार्वजनिक गरेको यो पहिलो पटक हो । भेनेजुयला पछिल्ला वर्षहरूमा राजनीतिक तथा आर्थिक सङ्कटकाबीच गुज्रिरहेको छ । जिका सङ्क्रमित पाँच जनाको विदेश यात्राबाट फकिएका पाँच फ्रान्सेली नागरिकको जिका भाइरस सङ्क्रमका बारेमा यहाँको सरकारले अध्ययन तथा उपचार सुरु गरिसकेको बताएको छ । सरकारी स्रोतका अनुसार उनीहरू विभिन्न अमेरिकी मुलुकको भ्रमणका क्रममा जिका सङ्क्रमणबाट प्रभावित भएका थिए । प्रभावित कसैको पनि स्वास्थ्य गम्भीर नभएको समेत यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनले हालै सार्वजनिक गरेको प्रतिवेदनमा दक्षिण अमेरिकामा जिका भाइरसका कारण हजारौँ मानिस शङ्कास्पद जिका किटाणुका कारण बिरामी परेको बताइएको थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै विभिन्न अमेरिकी महाद्विपमा जिकाको सङ्क्रमण व्यापक रहेको जनाएको थियो । डब्लूएचओका अनुसार अमेरिकी महाद्विपमा ४० लाख मानिस जिका भाइरसबाट प्रभावित भएको जनाइएको छ । प्रभावित यी दक्षिण अमेरिकी २० देशमध्ये भेनेजुयला पनि एक हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?