मधेशी मोर्चाका माग संविधान संशोधनबाट पूरा भइसकेको नेपालको तर्क


madhavनेकपा (एमाले)का नेता माधवकुमार नेपालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका माग संविधान संशोधन मार्फत पूरा भइसकेको बताउनुभएको छ । उहाँले आन्दोलनले सिङ्गो देश र मधेसलाई समस्या भएको उल्लेख गर्दै भन्नुभयो, “पहाड र मधेसको भावनात्मक सम्बन्ध टुटाउने खालका अभिव्यक्ति कसैले दिनुहुँदैन । ” पूर्वप्रधानमन्त्री नेता नेपालले धेरै राजनीतिक विषय टुङ्गिसकेको उल्लेख गर्दै अब आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । वर्तमान सरकारले काम कम, कुरो बढी गरेको टिप्पणी गर्दै उहाँले सरकारलाई परिणाम देखिने गरी काम गर्न सुझाव दिनुभयो ।
चन्दको सालिकमा माल्यार्पण
सहिद दिवसका अवसरमा आज भीमदत्तनगरको दशरथ चोकमा रहेको सहिद दशरथ चन्दको सालिकमा माल्यार्पण गरिएको छ । चन्दको सालिकमा नेता नेपाल, उपप्रधानमन्त्री भीमबहादुर रावल र अर्थ राज्यमन्त्री दामोदर भण्डारीले माल्यार्पण गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?