आहा रारा गोल्डकपको आयोजक सहारा क्लबको अष्ट्रेलिया शाखा गठन, संयोजक राजमान थकाली


आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता र फुटबल एकेडेमी सन्चालन गरेर अलग पहिचान बनाउन सफल सहाराका प्रंशसकहरुको भिड बिदशेमा पनि बढ्दै गएको छ । हङकङ र बेलायतमा पनि शाखा रहेको क्लबको शाखा अष्ट्रेलियामा पनि विस्तार गरिएको छ ।
सिड्नीमा रहेका फुटबलप्रेमीहरुले एक समारोह बिच सहारा अस्ट्रेलियाको गठन गरेका छन । च्यारीटी डिनरसँंगै गठन भएको सहारा अस्ट्रेलियाको संयोजकमा पुराना खेलप्रेमी राजमान थकाली रहेका छन । यस पटक यहा संकलन भएको रकम हामीले सहाराका पुन्य कार्यलाई थप टेवा पुग्ने हेतुले एकेडमीमा दिने निर्णय गरेका छौ, राजमानले भने । shara
असहाय,गरिब र टुहुरा बालबालिकालाई समेटेर एकेडमेी सन्चालन गरेको सहारा नेपालको पहिलो फुटबल एकेडेमी सन्चालन गर्ने समाजिक संस्था हो । आहा रारा गोल्डकप फुटबलको दोस्रो पुरस्कार अर्थात दुइ लाख पचास हज़ार रुपैया पनि सहारा अस्ट्रेलियाले प्रायोजन गर्ने निर्णय गरेको राजमानले बताए ।
नवगठित सहारा अस्ट्रेलीयाको कार्यसमितीमा राजु अधिकारी, किरण बराल,अभिनव शर्मा, तारा गुरुङ, मनोज केसी, शितल खाँंड,बिभिषण बिष्ट,शैलेन्द्र बहादुर बस्नेत,अपर्ण बज्राचार्य,अर्जुन गुरुङ,इश्वर पहारी,सन्जु मगर, रोशन आले ,जिवन पौडेल र सुनिल गुरुङ ,विजेन बटाजु रहेका छन । सहारा अस्ट्रेलियाको सल्लाहकारहरुमा शम्सेरसिंह थापा,प्रेमकाजी गुरुङ, राजु मानन्धर, देब गुरुङ, बिष्णु हमाल रहेका छन । कार्यक्रममा सिड्नीका फुटबल क्लबहरु, राइजिङ गोर्खाज, माछापुच्छ्रे, फेवा फुटबल क्लब, सेन्ट जोर्ज लगायतका क्लबका प्रतिनिधीहरुको समेत उपस्थीती रहेको थियो । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले नयाँ समितिलाई खादा ओढाएर सम्मान गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?