लासानामक ज्वरोको प्रकोपबाट नाइजेरियामा एकसय एकको मृत्यु


nigeria1नाइजेरियामा फैलिएको लासानामक ज्वरोको प्रकोपका कारण १०१ जना नाइजेरियाली नागरिकको मृत्यु भएको यहाँका स्वास्थ्य अधिकारीद्वारा शनिबार सार्वजनिक गरिएको प्रतिवेदनमा बताइएको छ । पश्चिम अफ्रिकी मुलुकले लासा ‘भारस’लाई निस्तेज पार्न सङ्घर्ष गरिरहका बेला नाइजेरियामा यसको प्रकोप देखिएको हो । सन् २०१५ को अगस्ट यता शङ्कास्पद मृतकको रगत नमुना परीक्षणपश्चात् १०१ जनामा लासाको प्रकोप भएको पुष्टि भएको छ । लासा भाइरसका कारण प्राण गुमाउने प्रायजसो मानिस अबुजा लागोसलगायतका १४ अन्य राज्यका नागरिक भएको ‘नाइजेरियाले सार्वजनिक सेन्टर फर डिजिज कन्ट्रोल’ (एनसिडिसी) ले सार्वजनिक गरेको उक्त तथ्याङ्कमा जनाइएको छ । यसैबीच १७ करोड मानिस बसोबास गर्दै आएको एक अफ्रिकी मुलुक नाइजेरियाका स्वास्थ्य अधिकारीले लासा भाइरसको प्रकोप अहिले पूर्ण नियन्त्रणमा आएको बताउँदै तथ्याङ्कमा समावेश हुन नसकेका तर लासा भाइरसका कारण सन् २०१५ अगस्ट यता मृत्यु भएका मानिसको सङ्ख्या योभन्दा अझ बढी भएको हुनसक्ने पनि एसिडीसले स्रोतले बताएको छ । एनसिडीसीले लासाको प्रकोप नियन्त्रणका लागि देशभरि ठूलोमात्रामा औषधि र आवश्यक अन्य सामान वितरण भइसकेको बताएको छ । अगस्टदेखि लासा भाइरसका कारण नाइजेरियाली नागरिकको मृत्य भएको हालै पुष्टि भए पनि यहाँको सरकारले सन् २०१६ को जनवरीमा मात्र यस अफ्रिकी मुलुकमा लासाको प्रकोप देखिएको भनी आवश्यक सहयोग देशका गाउँगाउँसम्म पु¥याएको थियो । नाइजेरियामा लासा ज्वरोको प्रकोपका कारण सन् २०१४ मा १२ जनाको मृत्यु भएको थियो । त्यस्तै ३७५ जना यस रोगबाट प्रभावित भएका थिए तर सन् २०१२ मा भेटिएका एक हजार ७२३ बिरामीमध्ये ११२ जनाले रोगका कारण मृत्यु हुनुपरेको थियो ।
नाइजेरियाको लासामा पहिलो पटक यो रोगको सङ्क्रमण भेटिएपछि यसको नाम लासा भाइरस राखिएको थियो । मार्ग वर्ग र इबोला वर्गमा पर्ने लासा भाइरस मुसाको दिसा तथा पिसाव धान, चामललगायतका खाद्यान्न सामग्रीमार्फत वा बिरामीको रगत पसिना तथा पिसावबाट सङ्क्रमण हुने एनसिडीसीले बताएको छ । लासा भाइरसको सङ्क्रमणपछि मानिसमा ज्वरो आउने बान्ता तथा रक्तस्राव हुनेलगायतका समस्या भेटिने गरेको अध्ययनले बताएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?