नारी निकुञ्ज अष्ट्रेलियाले नारी दिवसमा च्यारिटी डिनर गर्दै, संगठन विस्तार पनि तिव्र
एनआरएनहरुको महिला सञ्जाल नारी निकुञ्ज अष्ट्रेलियाले अन्तर्राष्ट्रिय नारी दिवसमा विभिन्न कार्यक्रम गर्ने भएको छ । विगतदेखि नै नेपालमा रहेका महिलाहरुको स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आएको नारी निकुञ्जले आगामी मार्च ६ तारिखका दिन घरेलु हिंसा र जनचेतना अभिबृद्धि गर्नका निम्ति जानकारीमूलक सेसनका साथै च्यारिटी डिनरको पनि आयोजना गर्ने भएको हो । नारी निकुञ्जले उक्त च्यारिटी डिनरबाट उठेको रकमलाई नेपालमा विभिन्न परोपकारी कार्यमा खर्च गर्ने योजना बनाएको छ । एनआरएनले विगत वर्षहरुमा पनि नेपालमा पाठेघर खस्ने समस्याको उपचारका लागि विभिन्न परियोजना सञ्चालन गरेको थियो । यस वर्ष नेपालको संस्था सहयोगी नेपालको सहकार्यमा खोटाङ जिल्लामा २० जना महिलाहरुको उपचारमा सहयोग गर्ने भएको छ । यसअघि स.स्थाले रामेछाप काठमाडौं र गोर्खामा यसै कार्यक्रम सञ्चालन गरिसकेको नारी निकुञ्ज अष्ट्रेलियाकी संयोजक सिर्जना संग्रौलाले जानकारी दिनुभयो । संग्रौलाले गत बैशाख मा आएको बिनासकारी भुकम्प्पबाट क्षति पुगेको गोर्खाको मंगलादेवी प्राथमिक विद्यालयको भवन बनाउनका लाग २ लाख ४८ हजार पनि सहयोग गरिसकेको जानकारी दिनुभएको छ ।
यसैबीच नारी निकुञ्जले यसलाई अष्ट्रेलियाव्यापी बनाउनका लागि सङठनात्मक् संरचनामा परिमार्जन समेत गरेको जस अनुसार अष्ट्रेलिया का अन्य राज्य मा बसोबास गरिरहेका नेपाली नारी हरु लाई पनि सस्था मा आबद्ध गराइने भएको छ । यसै क्रममा विभिन्न राज्य प्रतिनिधिहरुको चयन समेत गरिएको छ । जस अन्तर्गत कुईन्स्ल्यान्डमा ज्ञानु आचर्य लोहनी, भिक्टोरियामा पारु कंडेल, अष्ट्रेलियन क्यापिटल टेरोटोरी क्यानबेराबाट अन्जना खनिया , नदर्न टेरिटोरीबाट मिनु गुरुङ, साउथ अष्ट्रेलियाबाट सन्जु साउद, वेष्टर्न अष्ट्रेलियाबाट सुसन रेग्मीलाई मनोनयन गरिएको छ । यसैगरी संस्थामा बर्षा राजभण्डारी , राधिका बनिया, सन्ध्या शाह , र रिचा रजौरियालाई सदस्य पदमा मनोनयन गरिएको निकुञ्जकि सचिब प्रतिज्ञा अधिकारीले एमएनटीभीलाई जानकारी दिनुभयो ।