पुरुषतर्फको फुटबलमा पनि नेपालको अग्रता, भुटानलाई ५ हान्दा नवयुगको ह्याट्रिक
भारतको गुवाहाटीमा जारी १२औँ दक्षिण एसियाली पुरुषतर्फको फुटबल खेलमा ५–० को अन्तरले भुटानलाई नेपालले पराजित गरेको छ । पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल गरेको थियो । नेपालका लागि पहिलो हाफको ३३औँ मिनेटमा नवयुग श्रेष्ठले गोल हानेका थिए । फुटबलमा राम्रो प्रदर्शन गरेका श्रेष्ठले नेपाललाई जित दिलाउने क्रममा ‘ह्याट्रिक’ गर्न सफल भएका थिए । खेलको ५१औँ मिनेटमा अन्जन विष्टले गोल गरेको फुटबल खेलको ४४औँ मिनेटमा विशाल राई ‘बी’ले अर्को गोल गरेर अग्रता कायम गरेका थिए । पहिलो हाफको सुरुमै नेपालका लागि नवयुगले गोल गरपछि भुटानविरुद्ध नेपालको टोली आक्रमक रुपमा प्रस्तुत भएको थियो । नेपालको अर्को खेल बङ्गलादेशसँग हुनेछ । यो खेलमा जित भए नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । यसअघि सिलोङमा जारी आज भएको १२औँ दक्षिण एसियाली खेलकुदमा पनि महिलातर्फ २–० ले माल्दिभ्सलाई नेपाली टोलीले पराजित गरेको थियो ।