काँग्रेस सभापति सुशील कोइरालाको निधन, आकस्मिक काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै


breakingनेपाली कांग्रेसका सभापति सुशील कोइरालाको गएराति निधन भएको छ । सामान्य अवस्थामा रहेको र आगामी महाधिवेशनको तयारीक ानिम्ति खटिरहेको अवस्थामा उनको स्वास्थ्य गत केही दिनदेखि बिग्रिएको थियो । क्यान्सर रोग निको भएपछि मृत्युलाई जितेर आएको प्रतिक्रिया दिने कोइरालाको निमोनिया मृत्युको कारण बनेको छ । गएराति १२ बजेर ५० मिनेटमा महाराजगञ्जस्थित आफ्नै निवासमा उनको निधन भएको हो । कोइरालाको निधनपछि यतिबेला महाराजगञ्जस्थित निवासमा कांग्रेस नेताहरुको भीड लागेको छ । पार्टीको १३ औँ महाधिवेशन कार्यक्रममा सक्रियताका साथ सहभागी हुँदै आएका कोइराला केही दिन यता विरामी भएपछि निवासमै आराम गरिरहेका थिए। यसअघि सोमबार नेपाली कांग्रेस काठमाडौ जिल्ला समितिको अधिवशेनको उद्घाटन गर्न प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको भएपनि विरामी भएकाले कोइराला उपस्थित हुन सकेका थिएनन्। सभापति कोइरालाको निधनपछि आज विहान आकस्मिक रुपमा काँग्रेसको केन्द्रीय समितिको बैठक बसेर महाधिवेशनका सम्पूर्ण प्रक्रिया केही समयका लागि स्थगित गर्ने निर्णय हुन लागेको एक काँग्रेसी नेताले बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?