कोइरालालाई श्रद्धाञ्जली अर्पण गर्न सिड्नीको महावाणिज्यदूतको कार्यालयमा शोक पुस्तिका


>4f~hln ck{0f bz/y /ªuzfnfdf a’waf/ g]kfnL sfFu|];sf ;efklt Pjd k”j{k|wfgdGqL ;’zLn sf]O/fnfsf] kfly{j z/L/df >4f~hln ck{0f ub}{ ;j{;fwf/0f . tl:a/ M /f]zg ;fksf]6f, /f;;

पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको निधनमा श्रद्धाञ्जली अर्पण गर्नका लागि अष्ट्रेलियाको सिड्नीस्थित महावाणिज्यदूतको कार्यालयमा शोक पुस्तिका राखिएको छ । बिहीबार र शुक्रबार दुई दिन राखिने शोक पुस्तिकामा स्व. कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न सकिने न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूत दिपक खड्काले जानकारी दिनुभयो । महावाणिज्यदूतको कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइए अनुसार बिहीबार र शुक्रबार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उपस्थित भएर स्व. कोइरालाको शोक पुस्तिकामा हस्ताक्षर गर्न सकिनेछ । नेपाल सरकारले तीन दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरे बमोजिम दूतावास र महावाणिज्यदूतको कार्यालयहरुमा रहेका झण्डा पनि आधा झुकाइएका छन् । यसअघि अष्ट्रेलियास्थित गैरआवासीय नेपाली संघ लगायतका विभिन्न संघ संस्थाले कोइरालाको निधनमा दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?