कोइरालालाई श्रद्धाञ्जली दिन भिक्टोरियास्थित नेपाली महावाणिज्यदूतको कार्यालयमा पनि राखियो पुस्तिका


condolenceअष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुले पनि पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई श्रद्धाञ्जली दिनका लागि मेलबर्नमा रहेको अवैतनिक महावाणिज्यदूतको कार्यालयले शोक पुस्तिका राखेको छ । आगन्तुकहरुले उक्त पुस्तिकामा स्व. कोइरालाका विषयमा शोक सन्देश लेख्नसहित हस्ताक्षर गर्न सक्नेछन् । भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनका अनुसार बुधबारबाट सुरु गरिएको शोक पुस्तिकालाई १६ फेब्रुअरी मंगलबारसम्म राखिनेछ । विहान १० बजेदेखि साँझ ५ बजेसम्म आफैं उपस्थित भएर स्व. कोइरालाप्रति श्रद्धाञ्जली दिन सकिने महावाणिज्यदूतको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?