साग फुटबलःनेपाल बङ्गलादेशसँग पराजित, तर सेमिफाईनलमा, महिलाहरु फाईनलमा
यहाँ जारी १२औँ दक्षिण एसियाली खेलकुद(साग)अन्तर्गतको फुटबलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । प्रतियोगिताको समूह चरणमा बङ्गलादेशले नेपाललाई २–१ ले हराएको हो । शाही रङ्गशाला गुहावटीमा भएको खेलमा पराजय भोगे पनि नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले अब हुने खेलमा मालदिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । रङ्गशालामा फुटबल खेल सुरु भएको तेस्रो मिनेटमा नै अनन्त तामाङको गोलमार्फत अग्रता कायम गरे पनि नेपालले जित हासिल गर्न सकेन । बङ्गलादेशका लागि ४०औँ मिनेटमा हसनले बराबरी गोल फर्काए भने ४५ आँै मिनेटमा महम्मद नविज जिवाजले गोल गरे । यसअघिको खेलमा नेपालले भुटानलाई ५–० ले हराएको थियो ।
महिला समूह फइनलमा
भारतको सिलोङमा जारी साग अन्तर्गत भएको महिलातर्फको फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । लिग प्रणाली अनुसार प्रतिद्वन्द्वी भारतसँग खेल्दै फाइनलमा प्रवेश गरेको हो । जवाहरलाल नेहरू रङ्गशालामा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दा खेल रोमाञ्चक बनेको थियो तर गोल भने कसैले गर्न सकेन । खेलमा नेपाल ७ अङ्कले फाइनलमा प्रवेश गरेको छ । नेपालले अब श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । नेपालतर्फकी क्याप्टेन अनु लामाले दोस्रो हाफको १३ मिनेटमा प्रहार गरेका बल बारमा लागेर फर्किएपछि समान अङ्क कायम भएको थियो । भारत, बङ्गलादेश र नेपाल समूहको ५÷५ अङ्कमा रहेको थियो ।