एक विद्यार्थी सपनाको अन्त्य, बेलुका सकुशल सुतेका मिलन विहान उठेनन्


milanअष्ट्रेलियाको डिग्री, सम्बृद्ध जीवन र भोलिको सुन्दर सपना साँचेर सिड्नीलाई आफ्नो गन्तव्य बनाएका धादिंग घर भई काठमाडौंको सानो भर्यांग बस्ने मिलन अधिकारीको निधन भएको छ । बिहीबार राति काममा गएर आएपछि साथीभाईसँग कुरा गरी ओछ्यानमा पल्टिएका उनी भोलिपल्ट विहान उठेनन् । सिड्नीको बरउडमा अन्य तीन साथीका साथ फ्ल्याट शेयर गरेर बसेका उनी एक बजेतिर सुतेका थिए । राति १ बजे सुतेपनि विहान ५ बजे नै उनी काममा जानुपर्ने थियो । चार घण्टाको लागि सुतेका उनी सदाका लागि नफर्किनेगरी गएका छन् । विहान ५ः३० बजेसम्म पनि नउठेपछि सँगै बस्ने साथीहरुले प्रहरीलाई खबर गरेका थिए । उम्बुलेन्ससहितको विशेषज्ञ टोली आएर उसको परीक्षण गर्दा मृत भइसकेको घोषणा गरे । चारजना विद्यार्थी एउटै कोठामा शेयर गरिरहेकामध्ये कृष्ण श्रेष्ठ भने १ बजे फर्किएका थिएनन् । विहान ३ बजेमात्रै आएका उनी अधिकारीसँगै एउटै खाटमा सुते । तर, उनले कुनै पत्तो पाएनन् । यसरी एउटो सपना फेरि विलाएको छ सिड्नीमा । परिवारको एक्लो छोरा अष्ट्रेलिया आएको ७ वर्ष भइसकेको थियो । एक महिनापछि पारिवारिक समारोहमा भाग लिनका लागि नेपाल जाने तयारीमा उनी रहेका थिए । नजिकका साथीभाईले उनी केही समयदेखि तनावमा रहने गरेको बताएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । प्रहरीले पोष्टमार्टम रिपोर्टपछि के कारण मृत्यु भएको हो खुल्ने आशा गरिएको छ । स्व. मिलन अधिकारीको शवलाई नेपालपठाउने तयारी गरिएको छ भने धादिंग समाज अष्ट्रेलियाले यसका निम्ति पहल थालेको छ । संस्थाकी कोषाध्यक्ष राधिका बानियाँले दुखको यो घडीमा सहयोग गर्न सबैलाई अनुरोध गर्नुभएको छ । व्यक्तिगत रुपमा पनि उनकी दिदी अर्पणा शर्माको खातामा सहयोग रकम जम्मा गर्ने क्रम सुरु भएको छ ।

AC Name : Arpana Sharma

AC : 10193399

BSB : 062271

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?