प्रवासी नेपाली मञ्च भिक्टोरियाको अधिवेशन सम्पन्न, नयाँ कार्यसमितिको नेतृत्व न्यौपानेले गर्ने
नेकपा एमालेको प्रवासी मञ्च प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको भिक्टोरिया राज्य समितिको अधिवेशन मेलबर्नमा सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले नयाँ कार्यसमितिको समेत चयन गरेको छ । जस अन्तर्गत कृष्णप्रसाद न्यौपाने अध्यक्ष, सुधा गुरागाईं रानाभाट उपाध्यक्ष, उत्तम अधिकारी सचिव, निर्मला शर्मा कोषाध्यक्ष र प्रभात पौडेल सहसचिव चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा अरुण श्रेष्ठ, गणेश गौतम, सीपी चापागाईं, अरुण लम्साल, सिर्जना रायमाझी, विष्णु ढुंगाना, विश्व ढुंगेल, विक्रम भट्टराई रहनुभएको छ । अधिवेशनको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य डा. विजय सुब्बा हुनुहुन्थ्यो । यस्तै अतिथिका रुपमा भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष विनोद श्रेष्ठ, ध्रुव सुवेदी, ओएनएफ अष्ट्रेलियाका महासचिव केशव जोशी, लगायतले सर्वसम्मतिले नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सफल भएकोमा बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको थियो । यस्तै समाजसेवी बम योञ्जन, नेकपा एमालेका महाधिवेशन प्रतिनिधि रमेश पाण्डे, धर्मराज अधिकारी, राजन बस्नेत, प्रवासी नेपाली मञ्च न्यूसाउथवेल्सका संयोजक लक्ष्मण श्रेष्ठ, भिक्टोरियाका लागि प्रवासी नेपाली मञ्चका ईन्चार्ज राम रानाभाट लगायतले बोल्नुभएको थियो । कार्यक्रममा सिड्नीका चर्चित हाँस्य कलाकार भुपेन्द्र चुडालले मनोरञ्जनात्मक प्रस्तुतिले सबैलाई हँसाउनुभएको थियो । कार्यक्रमको सभापतित्व भिक्टोरियाका निवर्तमान अध्यक्ष महेन्द्र कार्कीले गर्नुभएको थियो भने सञ्चालन माधव पौडेल र स्वागत मन्तव्य किरण पौडेलले दिनुभएको थियो ।