क्रियाशिल नेपाली उद्यमीहरुको सेमिनार गर्दै एनआरएन अष्ट्रेलिया, काफ्ले प्रेस सल्लाहकार नियुक्त
एनआरएन अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न बैठकले विजनेस ईन्ट्रपेनर सेमिनार गर्ने निर्णय गरेको छ । अष्ट्रेलियामा रहेर व्यापार व्यवसाय गरिरहेकाहरुको निम्ति एनआरएनको साझा मञ्च विजनेस काउन्सिलको अग्रसरतामा यस्तो सेमिनार हुन लागेको र यसको संयोजक एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष डिला खरेलले गर्ने भएका छन् । सिड्नीमा रहेका क्रियाशिल पत्रकार हेमन्त काफ्लेलाई संस्थाको प्रेस सल्लाहकार बनाउने निर्णय पनि बैठकले गरेको छ । यसैगरी एनआरएनले अष्ट्रेलियामा आउने विद्यार्थीहरुको निम्ति उपयोगी जानकारीसहितको किताब प्रकाशन गर्ने र यसका निम्ति भिष्म भण्डारीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । गत आइतबार सम्पन्न बैठकका निर्णयबारे जानकारी दिँदै एनआरएन अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीले ब्रिसबेनमा हुन लागेको राष्ट्रिय खेल दिवसका निम्ति एनआरएन न्यूसाउथवेल्स, क्वीन्सल्याड र भिक्टोरियाले आर्थिक सहयोग गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो । यसैगरी नारी निकञ्जले आगामी नारी दिवसका दिन ६मार्चमा आयोजना गर्ने कार्यक्रममा सक्रिय सहभागिता जनाउने पनि निर्णय गरेको छ । बैठकले नेपालमा एक विद्यालय भवन निर्माणका लागि सहयोग गर्ने विषयमा एनआरएन क्वीन्सल्याण्डका संयोजक अभिमानसिंह बस्नेतलाई जिम्मेवारी दिने निर्णय गरेको पनि प्रवक्ता रेग्मीले जानकारी दिए । निर्णयपछि एमएनटीभीसँग कुरा गर्दै पत्रकार काफ्लेले यो निर्णय अष्ट्रेलिायमा क्रियाशिल समग्र सञ्चारकर्मीको सम्मानका रुपमा आपूmले बुझेको बताउनुभयो । नेपालमा लामो समय पत्रकारिता गर्नुभएका काफ्ले खेल विटमा क्रियाशिल थिए । यस्तै नेपाल प्रेस युनियन र पत्रकार महासंघको केन्द्रमा रहेर समेत काम गरिसक्नुभएका काफ्ले अहिले सेतोपाटी अनलाईन र नेपालन्यूज अष्ट्रेलियासँग आबद्ध हुनुहुन्छ ।