नेपाली फुटबल टिमको विजय, मध्यरातमै अष्ट्रेलियामा खुशीयाली
नेपाली टिमले विजय हासिल गरेपछि यतिबेला विश्वभरि रहेका नेपालीहरु खुशीयाली मनाइरहेका छन् । नेपाली समय अनुसार रातको ९ बजे खेल सकिए पनि अष्ट्रेलियामा रातको २ बजेको थियो । यसबखत पनि धेरैजना यही खेल हेरिरहेका थिए । उनीहरुले आफ्नो खुशी यसरी प्रकट गरेका छन् । नवयुग श्रेष्ठसहितको नेपाली फुटबल टिमले नयाँ युगकै आरम्भ गरेको प्रतित भएको धेरैले लेखेका छन् । नेपाली खेलाडीहरुको उच्च प्रदर्शनपछि पत्रकार भरतराज पौडेल लेख्छन्, नेपाली फूटबलमा नबयुगु आरम्भ बधाई छ । यसैगरी तामांग रिक्रियशन क्लबका संरक्षक अरुणकुमार तामांग लेख्छन्, नेपाली टोलीलाइ धेरै बधाई छ।आजको ऐतिहासिक जीतले ११ सबै ले खुशियाली मनाअौ१११ अर्कोतर्फ सिड्नीमै रहेका पत्रकार ग्रानभिलबाट लेखेका छन्, भारतलाई नेपालले जित्न सक्दैन भन्नेहरू कुन कुनामा छन खै ? देखाई दिए साहसी नेपाली खेलाडीहरूले , सलाम । जाग लम्क चम्क है नौ जवान हो …यसरी नेपाली फुटबल टोलीको समर्थनमा र भारतविरुद्ध विजयको खुशीयालीमा अष्ट्रेलियामा रहेका नेपालीहरुको खुशी प्रकट हुनेक्रम जारी छ । एडिलेडबाट नेपाली समाजका अगुवा दिपक विष्ट लेख्छन् Congratulations Nepali Football team it was one of the sweetest victory over India! भिडियोग्राफर सौरभ मानन्धरले स्ट्राथफिल्डबाट लेखेका छन्, Glorious Victory Boys Bringing gold home. We are proud of you team. NEPAL 2 – 1 INDIA, NEPAL THE CHAMPIONS यसैगरी मेलबर्नबाट अशोक केसी लैख्छन्, बधाई छ नेपाल लाई । यसरी अष्ट्रेलियामा रहेका नेपालीहरु आफुहरुमाझ नेपालको विजयको यो खुशी मनाइरहेका छन् । २३ वर्षपछि नेपालले उपाधिमाथि कब्जा गरेको हो । केही समय अघि बंगलादेशमा सम्पन्न भएको बंगबन्धु कप विजय गरेर अन्तर्राष्ट्रिय खेलमा भएको खडेरी पुरेको नेपालले यसलाई निरन्तरता दिएको छ । अब नेपाली खेलाडीहरुलाई उच्च प्रोत्साहन र उच्च हौसला प्रदान गर्ने दायित्व राज्यको भएको अष्ट्रेलियामा बस्ने अधिकांश नेपालीको छ । यसैबीच, मेलबर्नबाट एनआरएनका उपाध्यक्ष केशव कंडेलले लेखेका छन्, Congratulations Team Nepal. सिड्नीमा रहेका गायक आशिष श्रेष्ठले पनि आफ्नो खुशीलाई सामाजिक सञ्जालमा व्यक्त गर्दै लेखेका छन्, Big Congratulations to Nepali Football Team !