नेपालमा भेट्ने बाचासहित सकियो दक्षिण एसियाली खेलकुद
भारतको सिलोंङ र गुवाहटीमा गत माघ २२ गतेदेखि सुरु भएको बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग)को गरिएको छ । सागको समापनमा नेपालको झण्डा भारतीय ओलम्पिक एसोसियसनका अध्यक्ष एन रामाचन्द्रननले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरेको र उहाँले खेलकुद मन्त्री सत्यनारायण मण्डललाई झण्डा हस्तान्तरण गरेसँगै दक्षिण एसियाली खेलकुद विविध कार्यक्रमसहित सकिएको हो । गुवाहाटीको इन्दिरा गान्धी एथेलेक्टिस स्टेडियममा भव्यरुपमा आयोजित कार्यक्रममा झिलिमिली पारिएको थियो । बाह्रौँ सागको समापनसँगै अब १३औँ दक्षिण एसियाली खेलकुद आयोजना गर्ने जिम्मा नेपालले लिएको छ । हरेक दुई÷दुई वर्षमा गरिने सागको आयोजना अब नेपालले आगामी सन् २०१८ मा गर्नुपर्नेछ । सो अवसरमा नेपालको राष्ट्रिय गान बजाइएको थियो भने नेपालसम्बन्धी एउटा वृत्तचित्र प्रस्तुत गर्नुका साथै नेपाली कलाकारले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । समापन समारोहलाई सम्बोधन गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले आगामी सागको आयोजना गर्ने जिम्मा दिएकामा दक्षिण एसियाली देशहरुलाई धन्यवाद दिनुभयो । दक्षिण एसियाली राष्ट्रका झण्डै दुई हजार ६०० खेलाडी रहेको सागमा २३ वटा खेल थिए । त्यसमा ब्याडमिन्टन खेल भएन ।
विजेता खेलाडीहरु दिउँसो करिब ४ बजे काठमाडौं आइपुग्ने, नगर परिक्रमा गराइने
साग फुटबलको विजेता टोलीलाई नेपाली सेनाको गाडीमा राखेर नगर परिक्रमा गराइने भएको छ । सेनाको गाडीसँगै दिउँसो ४ बजे विमानस्थलबाट नगर परिक्रमा गराउँदै रंगशालासम्म ल्याइनेछ । भद्रपुरबाट काठमाडौं आउन लागेका खेलाडीहरुलाई गौशाला चोक, रातो पुल, ज्ञानेकश्वर, कमलपोखरी, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सुन्धारा, न्यूरोडगेट, वीर अस्पताल, भोटाहिटी, जमल, केशरमहल, नारायणहिटी संग्रहालयहुँदै पुरनो बसपार्क, सहिदगेट भएर रंगशाला पुग्नेछ । खेलाडीहरुलाई सेनाको बग्गीमा राख्ने योजना भएपनि त्यसमा नअट्ने भएपछि ट्रकको व्यवस्था गरिएको हो ।