टे ल्होछारको शुभकामना बाँड्दै सिड्नीमा भव्य समारोह


lochhar1 lochhar2 lochhar3 lochhar4lochhar7अष्ट्रेलियाको सिड्नीमा रहेका नेपाली तामांग समूदायका सदस्यहरुले टे ल्होछार एकआपसमा शुभकामना आदान प्रदान गरी मनाएका छन् । मंगोलियन समूदायले विश्वभर मनाउने नयाँ वर्ष जस्तै नेपाली समूदायका तामांगहरुले पनि यो वर्ष टे ल्हो अर्थात् बाँदर वर्षको रुपमा मनाएका हुन् । नेपालबाट अष्ट्रेलिया आएर सिड्नीमा बसोबास गरेका नेपाली तामांगहरुको संस्था तामांग सोसाईटी अफ न्यू साउथवेल्सले नयाँ वर्षको अवसरमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमका वक्ताहरुले विभिन्न समूदायले आफ्नो पहिचानका लागि आफ्नै संस्कृतिलाई अंगीकार गर्नुपर्ने र यसले संरक्षणमा जोड पुग्ने भनाई राखेका थिए । परापूर्वकालदेखि पुर्खाहरुले अंगीकार गर्दै आएको रितिरिवाज, चालचलन र संस्कृतिको संरक्षण, प्रबद्र्धन गर्नु आवश्यक रहेको उनीहरुको धारणा थियो । कार्यक्रमका वक्ताहरुले आफ्नो समूदायले अपनाउँदै आएको संस्कारमा भएका कुरिति, अन्धविश्वासहरुलाई हटाउँदै सकारात्मक प्रथा र राम्रा पक्षहरुलाई परिष्कृत गर्दै अघि बढ्नुपर्ने बताएका छन् । सन् २००९ देखि हरेक वर्ष यसैगरी तामांग नयाँ वर्ष मनाउँदै आएको तामांग सोसाईटी अफ न्यू साउथवेल्सका अध्यक्ष अरुण तामांगले जानकारी दिनुभयो ।
कार्यक्रमको सुरुवातमा बौद्ध परम्परा अनुसार पूजा गरिएको थियो भने प्रमुख आकर्षण प्रेम लोप्चन र ईन्दिरा गोले हुनुहुन्थ्यो । तामांग सेलोमा दुबैले दर्शकलाई नाच्न बाध्य बनाएका थिए । यसका साथै विभिन्न स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुति दिएका थिए । अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा तामांगसहित अन्य समूदायलाई समेत लक्षित गरेर मनोरञ्जनात्मक कार्यक्रम गरेको आयोजकहरुको भनाई छ । lochhar5lochhar6कार्यक्रममा बोल्दै संघीय समाज अष्ट्रेलियाका गणेश तामांग, निन्फाका अध्यक्ष चित्र तुम्बाहाम्फे, नेपाली जनसम्पर्क समितिका छिरिंग शेर्पा लगायत विभिन्न समाजका प्रतिनिधि उपस्थित थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?