कराँतेका कुशल श्रेष्ठलाई झापाली समाज अस्ट्रेलियाको सम्मान
अस्ट्रेलियाको मेलवर्नमा सम्पन्न सुकोकाइ खुल्ला कराँते प्रतियोगिता २०१६ का रजतपदक बिजेता कुशल श्रेष्ठलार्इ झापालीसमाज अस्ट्रेलियाले नगद रु २५ हजारसहित सम्मान गरेकोछ । समाजका अधक्ष्य दिपक खनाल, संरक्षक दिनेश पोखरेल, सचिब रुपराजमैनाली, सन्तोष सिटौला, तेज उप्रेती, सिताराम घिमिरे, तिर्थखतिवडा, गौरब लगायत उपस्थित झापालीहरुले पटक पटक पदक जितेर देशको शिर उच्च बनाउनुकासाथै देशबिदेश माबसोबास गर्ने नेपालीहरुलाइ गर्ब गर्ने अबसर प्रदान गरेकोमा कुशललाई बिसेस धन्यबाद दियका थिए ।
अध्यक्ष खनालले दर्शकहरुको उपस्थिति, अस्ट्रेलियाको अनुभब, साथै झापाली समाजले भविष्यमा केकसरि सहयोग गर्दा खेलाडिको मनोबल बढ्दछ भनेर त्यसका लागि संस्था क्रियाशिल हुने प्रतिबद्धता जनाएका थिए । विजेता खेलाडी कुशलले ू यो पटक दक्षिण एशियाली खेलकुद प्रतियोगिता मा कराँते खेल समावेश नभएको कारण अस्ट्रेलियामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न आएको भन्दै । उनले अस्ट्रेलिया, अमेरिका, जापान लगायात अन्य बिकशित मुलुकतिर प्रतियोगितामा सहभागीहुन जादा खेलाडि आफैले आर्थिक ब्यबस्थापन गर्नुपर्ने भएकोले अप्ठेरो रहेको बताएका थिए । यो पटक अस्ट्रेलियामा पनि दर्शकदिर्घामा कोही नेपाली नहुँदा आफुलाई खल्लो लागेको बताए । मार्शलआर्ट, कराते, उस्सु, बक्सिङ्ग लगायत अन्यखेलहरु बिध्यालयस्तरको कोर्षमा अनिबार्य रुपमालागु गर्नसकेको खण्डमा रास्ट्रियस्तरका खेलाडिहरु उत्पादन गर्नसाथै बिध्यार्थिहरुको शारीरिक तथा अनुसाशन बिकाशमा पनिसहयोगमिल्न उनको धारणा छ ।
कुशलले यसअघि पाँचौ राष्ट्रिय कराँतेच्याम्पियनसिप तथा नवौ साफको छनोटमा स्वर्णपदक जितेका छन् भने २। नवौँ दक्षिण एशियाली खेलकुदमा रजत पदक जितेका छन् । यस्तै विभिन्न प्रतियोगितामा पनि पदक जितिसकेका छन् ।