न्याभ एक्सीलेन्स एवार्डको तयारी, नेपाली समूदायमा योगदान गर्ने पाँचजनालाई सम्मान गरिने


Printअष्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपाली समूदायमा रही समूदायको हित प्रबद्र्धनमा सहयोग गर्नेहरुलाई हरेक दुई वर्षमा दिँदै आएको न्याभ एक्सीलेक्स एवार्डका लागि आवेदन खुल्ला भएको छ । भिक्टोरियामा नेपालीहरुको सबैभन्दा ठूलो सञ्जाल नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले गर्ने यो एवार्डका लागि मनोनयन गर्न आगामी मार्च २० तारिखसम्म पाइनेछ । न्याभले भाषा, कला र संस्कृति, व्यवसायिक वा विद्वता, प्रारम्भ, नेतृत्व र पैरवी, न्याभ उत्कृष्ट सेवा, योंग एचिभर एवार्ड लगायतका पाँच विधामा सम्मान गर्न लागेको हो । यी एवार्डमा मनोनित गर्नका लागि आवेदन परेकामध्येबाट निर्णायक मण्डलीले निर्णय गर्ने व्यवस्था गरिएको छ । जसका लागि रञ्जन वैद्यको नेतृत्वमा डा. राजु अधिकारी, डा. दिपकराज पन्त, बम योञ्जन, ऋषि कँडेल, दिपा राई र सुनिल भण्डारी रहेको छनोट समिति बनाइएको नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले जनाएको छ । न्याभले हरेक दुई वर्षमा नेपाली समूदायमा रही समूदायकै लागि क्रियाशिल व्यक्तित्वहरुको योगदान र उपलब्धीको सम्मानका लागि न्याभ एक्सीलेक्स एवार्ड आयोजना गर्दै आएको छ । नोमिनेशनको लागि तल दिइएको लिंकमा थप जानकारी प्राप्त गर्न सकिनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?