जब १४ हजारको जुलुस सडकमा निस्कियो


koreaकोरियाको राजधानी सिओलामा जम्मा भएका हजारौँ कोरियाली नागरिकले व्यक्तिगत स्वतन्त्रता तथा श्रम अधिकारका लागि भन्दै शनिबार सरकारविरुद्ध प्रदर्शन गरेका छन् । कोरियाली राष्ट्रपति पार्क ग्युन हेको सरकारले नागरिकको स्वतन्त्रता र श्रम अधिकारका पक्षमा काम गर्न असफल भएको भन्दै करिब १४ हजार कोरियाली नागरिकले प्रदर्शनमा सहभागिता जनाएका सिओल महानगरपालिका प्रहरीका एक अधिकारीले बताए । श्रम अधिकार कानुनको सुधारमा उनीहरूले राष्ट्रपति पार्क ग्युन हेले लिएको अभियानलाई प्रतिगामी बताउँदै राष्ट्रपतिको राजीनामा समेत माग गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?