रुख मानव भनिएका बजान्ड्राको हातको अपरेशन हुँदै, थप ६ वटा अपरेशन
तस्वीरमा देखिएका व्यक्ति हुन बंगलादेशको ढाकाका अब्दुल बजान्ड्रा । उनको हातका यी नंग जस्तो देखिने वस्तु यति बढेका छन् कि यिनीहरुले उनलाई तनावै दिएको छ । पहिलो अपरेशनको पूर्वसन्ध्यामा उनी खुशी छन् । उनी जब अस्पताल भर्ना भएका थिए ढाका मेडिकल कलेजका चिकित्सकहरुले उनलाई पहिलो अपरेशन दाहिने हातमा गर्नुका कारण बताउँदै थिए । यसपछि बायाँ हात र खुट्टाको पनि अपरेशन हुनेछ । पूरै अपरेशन सकिन ६ महिनादेखि एक वर्षसम्मको समय लाग्नेछ । तर, यो अपरेशनबाट मात्रै उनले राहत पाउने ग्यारेन्टी छैन । किनकि यो अनौठो पदार्थ फेरि बढ्न सक्छ । तर, उनलाई कुन हातको पहिले अपरेशन हुँदैछ भन्ने कुराको चिन्ता छैन । किनकि उनी कम्तिमा अलिकति भए पनि हलुका हुनेछन् । उनी आफ्नो यस्तो हातका कारण न त काम गर्न सक्छन् न त खाना खान नै । तर, यतिबेला उनी धेरै खुशी छन् । एक गरिब परिवारको व्यक्ति भएपनि अपरेशन हुन लागेकोमा उनलाई खुशी लागेको छ । अब म आफ्नो काम आफैं गर्न सक्नेछु, उनले यत्ति भनेर खुशी व्यक्त गरे । डाक्टरहरुले लेजरको सहायताले यी मुसाजस्ता देखिने पदार्थहरुलाई हटाउनेछन् । तर, उनको यी पदार्थ हटाउँदा भने उनका कुनै नशा नकाटिउन् भनेर ध्यान दिनुपर्नेछ । मंगलबार उनको अपरेशन हुँदैछ ।