विश्व हल्लाउने यो फोटोका तीन वर्षीय बालक आयलनलाई डुबाएर मारेको भन्दै दुई जनालाई जेल
टर्कीको एक अदालतले तीन वर्षीय बालक आयलन कुर्दीलाई गैरकानुनी रुपमा हिँडाएको र समुन्द्रमा डुबाएको अभियोगमा सिरियाली दुई नागरिकलाई चार वर्ष दुई महिनाको सजायाँ सुनाएको छ । टर्कीको बोड्रमास्थित उक्त अदालतले सिरियाली नागरिकद्वय मुवाफाका अलावास र असेम अल फ्राहइलाई बालक आयलनलाई समुन्द्रमा डुबाएको अभियोग लगाउँदै उक्त जेल सजाँय तोकेको थियो । तर उनीहरुमाथि लागेको अन्य पाँच जनाको हत्या आरोपमा भने सफाई दिएको छ । तीन वर्षीय आयलनको समुन्द्रमा डुबी मृत अवस्थाको तस्बिर गएको सेप्टेम्बरमा विभिन्न सामाजिक सञ्जालमार्फत बाहिर आएपछि यसले युरोपले शरणार्थीलाई कस्तो व्यवगहार गरेको छ भन्ने सन्दर्भमा बहस सिर्जना गरेको थियो । घटनामा आयलनकी आमा रिहाना उनका दाजु घालेवलगायत अन्य चार जना आफन्तको पनि मृत्यु भएको थियो ।