बेलायतलाई ‘युरो’ गम्भीर समस्या : बेलायती पूर्व–गभर्नर


euroबेलायतको युरोपेली युनियन (ईयू) को सदस्यता कायम रहे वा नरहे पनि युरो एक जटिल समस्याका रूपमा रहिरहने आइतबार एक कार्यक्रमबीच बेलायतका बैंकका पूर्व–गभर्नरले बताएका छन् । पूर्वगभर्नर मार्भिन किङ्गले भन्नुभयो, बेलायतले युरो प्रयोग नगरे पनि हामी यसको असरबाट प्रभावित रहने छौँ । उहाँले भन्नुभयो, युरोले यदि भीषण दुर्घटना नै ननिम्त्याए पनि यो एउटा गम्भीर समस्या भइरहने छ । एक अन्तर्राष्ट्रिय टेलिभिजनसँगको कुराकानीका अवसरमा के बेलायतले ईयूबाट बाहिरिन्छ त भन्ने प्रश्नमा भन्नुभयो, मैले तपाईलाई यो निचोड निकाल्नुस भन्न सक्दिन । तर बेलायत युरो सदस्य रहे पनि वा नरहे पनि युरोपेली क्षेत्रका राष्ट्रसँग निकट सम्बन्ध कायम राखिरहने छ किनकी युरो क्षेत्र हाम्रो सबैभन्दा ठूलो व्यावसायिक सहयोगी हो, उहाँले थप्नुभयो । युरो क्षेत्रका २८ राष्ट्रमध्ये १९ ले अहिले युरोलाई स्वीकार गरिसकेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?