न्याभ कप क्रिकेटको उपाधि हिमालय क्लबलाई, सम्मानमा गाला डिनर आयोजना


nav cup
Photo credit : Tikanath Rijal

डिफेन्डिङ च्याम्पियन दि हिमालयन क्लब र सगरमाथा स्टार्सबीच भएको फाइनल खेलमा हिमालयनले उपाधि जित्न सफल भएको छ । यसपटकको जीतसँगै क्लबले उपाधिमा ह्याट्रिक गरेको छ । मेलबर्नस्थित टिडब्लु ब्लेक पार्कमा भएको फाइनल प्रतियोगितामा ६ टिमको सहभागीता रहेको थियो । द हिमालयन क्लब,सगरमाथा स्टार्स,सगरमाथा रेनेगेड्स,नर्रे किङ्स,ब्रन्सवीक ब्लुज,इष्टर्न वरियर्स थिए । यसैबीच प्रतियागितामा विजेता टिम र सहभागी सबैको स्म्मानमा आइतबार रात्रिभोजको आयोजना गरिएको छ । रात्रिभोज मुख्य प्रायोजनक रोयल गोर्खाज ईन्ष्टिच्युट अफ टेक्नोलोजी र कँडेल कन्सल्टेन्सीले गरेका थिए । उक्त रात्रीभोजमा न्याभका पदाधिकारी, प्रतियोगिताको विभिन्न विधाका खेलाडी सहभागी थिए ।
गल्फ प्रतियोगिता पनि सकियो
यसअघि न्याभ गल्फ टुर्नामेन्ट २०१६ पनि सम्पनन भएको थियो । उक्त प्रतियोगिताको उपाधि मिकिया दोर्जेले जितेका छन् । golf111टुर्नामेन्टको हार्डेष्ट गल्फरको उपाधि किशोर राईले पाए भने ब्याक नाइन अशिष लिम्बु,फ्रन्ट नाइन लोप्साङ थोटुपले जिते । यसैगरि नोभाइसतर्फ रोशन श्रेष्ठ प्रथम,साजन तामाङ द्धितिय भए भने जोग लिम्बु तेस्रा भए । टुर्नामेन्ट अन्तर्गत स्ट्याबलफोर्ड अर्थात ह्यान्डीक्यापतर्फ स्पन्दन कार्की प्रथम भएका थिए । सोही विधामा सन्स तामाङ दोस्रा भए भने जोग लिम्बु तेस्रा भए । प्रतियोगितापछि भिक्टोरियाका लागि अवैतनिक नेपाली महावाणिज्इदूत चन्द्र योञ्जनले विजेताहरुलाई पुरस्कार र ट्रफी वितरण गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?