फ्रान्सका दुई किशोरी आतङ्कवादी पेरिस हमलाको योजनाकार भएको दाबी
फ्रान्सका दुई किशोरीले पेरिस हमलाको योजना बनाएको आरोप त्यहाँको न्यायिक स्रोतले शनिबार जनाएको छ । पन्ध्र र सत्र वर्षका उनीहरूले फेसबुकमा आफूहरूले सन् २०१५ को नोभेम्बरमा बाटल्कन कन्सर्ट, रेस्टुराँ तथा फुटबल रङ्गशालामा गरिएको जस्तो आतङ्ककारी हमला गर्न चाहेको सन्देश आदानप्रदान गरेका थिए । किशोरीहरूलाई बुधबार पक्राउ गरी आतङ्कवाद विरोधी न्यायाधीश समक्ष शुक्रबार उपस्थित गराइएको थियो । दुई जना अन्य किशोरीहरूले पनि उनीहरूसँगै यस्तै फेसबुक संवाद गरेको आरोपमा नियन्त्रण लिइएपनि उनीहरूलाई कुनै सजाय बिना रिहा गरिएको छ । पेरिसका न्यायाधिकारीहरूले आक्रमणका बारेमा छलफल सुरुवाती अवस्थामा रहेको बताएका छन् । आरोपित किशोरीसँग कुनै किसिमको विष्फोटक पदार्थ र हतियार भने नभेटिएको अधिकारीले बताए । सन् २०१५ को अगस्त १३ यताको आक्रमण फ्रान्स उच्च सतर्कताको अवस्थामा रहेको छ । अगस्त १३ मा भएको विनाशकारी कन्सर्टमा रमाइरहेका ९० जनासहित १३० जना नागरिकको मृत्यु भएको थियो ।