टर्की आक्रमणमा मारिनेको संख्या ३७ पुग्यो, चार जना पक्राउ


Turkey Blastटर्कीको प्रहरीले राजधानी अङ्करामा भएको भीषण कारबम आक्रमणमा संलग्न रहेको आशङ्कामा चार सदिग्ध व्यक्तिलाई सिरियाको सीमानजिकै पक्राउ गरेको छ । स्थानीय सञ्चारमाध्यमले सोमबार सोजानकारी दिएको छ । टर्कीको राजधानी अङ्कारामा आइतबार भएको भीषण कारबम विस्फोटमा परी ३६ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर यसमा कुर्दिस्तान वर्कर पार्टी (पीकेक) हात रहेको आशङ्का गरिएको छ । गत पाँच महिनाभित्र टर्कीमा भएको आतङ्ककारी आक्रमणहरूका यो तेस्रो शक्तिशाली आक्रमण भएको बताएको छ । आत्मघाती आक्रमणकारीले प्रधानमन्त्री कार्यालय तथा संसद कार्यालयनजिकै व्यस्त सडकमा सो विस्फोट गराएको थियो । टर्कीका स्वास्थ्यमन्त्री मेहमेत मुएजिनोग्लुकाअनुसार यस आक्रमणमा मारिनेको सङ्ख्या ३७ पुगेको र तर एक आक्रमणकारी नै रेहेकोे छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?