पेरिस आक्रमणकारी एक पक्राउ, अर्का एकको खोजीमा तिव्रता


पेरिस आक्रमणका संदिग्ध व्यक्तिहरुको खोजीका क्रममा शुक्रबार बेल्जियमको ब्रसेल्समा प्रहरी घेराबाट भाग्न सफल भएको भनिएको एक व्यक्तिको खोजीलाई ब्रसेल्स र पेरिसको प्रहरी तिब्रता दिएको छ ।  आरोपीको खोजीका क्रममा शुक्रबार सलाह अब्देसलामलाई पक्राउ गर्न सफल भएपनि उनीसँग रहेका अर्का एक व्यक्ति भने भागेका थिए । paris attackप्रहरीले खुट्टामा गोली हानी अब्देसलामलाई पक्राउ गरेको थियो भने अर्का संदिग्ध व्यक्ति भने भागेका थिए । भागेका व्यक्तिको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन । अब्देसलामलाई प्रहरीले नियन्त्रणमा लिई ब्रसेल्सकै एक अस्पतालमा उपचारको लागि भर्ना  गरेका थिए । ती दुबै व्यक्ति पेरिस हमलाका योजनकारमध्येका हुन् । उनीहरुलाई प्रहरीले पेरिस आक्रमणको लगत्तैदेखि नै खोजी गरिरेहेको थियो । गत वर्षको नोभेम्बर महिनामा फ्रान्सको राजधानी पेरिसमा भएको हमलाका एकजना आरोपी एवम् मुख्य योजनाकार अब्देसलाम बेल्जियममा पक्राउ परेका हुन् । सन् २०१५ को नोभेम्बर १३ मा भएको विनाशकारी पेरिस आक्रमणमा १३० ज्यान गएको थियो । कन्सर्ट (साङ्गीतिक कार्यक्रम), क्याफे र रङ्गशालामा गरिएको आक्रमणको मुख्य योजनाकारका रूपमा आरोपित सलाह बेल्जियममा रहेको बताउँदै विगत लामो समयदेखि खोजी भइरहेको थियो । सलाह अब्देसलामलाई बेल्जियममा शुक्रबार पक्राउ गरिएका हो । उनी उक्त आक्रमणका एकजना मुख्य योजनाकार रहेका जनाइएको छ । उनलाई युरोपभरि नै एक सार्वाधिक खोजीको सूचीमा राखिएको थियो । उनलाई पक्राउका लागि युरोपेली देशहरुले नै निकै ठूलो पहल कदमी गरेका बताइएको थियो ।  शुक्रबार राति प्रहरीले उनलाई विशेष कारबाही सुरुगरी पक्राउ गरेको बताइएको छ । ब्रसेल्सको उक्त क्षेत्रमा प्रहरीले शनिबारसम्म पनि कारबाही जारी राखेको बताएको छ । गत नोभेम्बरमा भएको पेरिस हमलाका संलग्नमध्ये कतिपयलाई प्रहरीले पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ ।      त्यस समयमा उनी पनि ब्रसेल्समा भाडामा बस्ने गरेको खुलेको थियो । त्यस क्रममा उनको औँठा छाप लिएको र सो छापमा मिल्न आएकोले उनको बारेमा विशेष खोजी अभियान सुरु गरिएको प्रहरीले जनाएको थियो । गएको मङ्गलबारदेखि ब्रसेल्सको फेडरल प्रहरीले ब्रसेल्सको बजार क्षेत्रमा नै निकै आक्रामकरुपमा खोजी अभियान सुरु गरेको थियो । त्यस क्रममा अर्का एकजना आरोपी शुक्रबार भाग्न सफल भएको पनि सो प्रहरीले जनाएको थियो । फ्रान्समा भएको सो आतङ्ककारी हमलामा संलग्न भएका व्यक्तिको खोजीका क्रममा यसअघि पनि प्रहरीले ब्रसेल्समा कैयौँ पटकसम्म कारबाही गरेको थियो । सो कारबाहीका क्रममा उक्त हमलामा संलग्न भएका एकजनालाई प्रहरीले यसअघि पनि ब्रसेल्समा नै पक्राउ गरेको थियो ।  ब्रसेल्समा उक्त आक्रमणको योजना बनाइएको खुलेको प्रहरीले जनाएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?