भिक्टोरियन नेपालीको प्रतिनिधि संस्था न्याभको अध्यक्षमा डा. अनुपम पोखरेल निर्विरोध


Anupam pokhrelनेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभको अध्यक्षमा डा. अनुपम पोखरेल निर्विरोध हुनुभएको छ । पछिल्लो घटनाक्रममा प्रतिस्पर्धी रामचन्द्र सापकोटाले उम्मेद्वारी फिर्ता लिएपछि अष्ट्रेलियाको भिक्टोरियामा रहने नेपालीहरुको साझा संस्था न्याभको नयाँ नेतृत्व चयनका लागि निर्वाचन नहुने तय भएको हो । अबको कार्यकालका लागि अध्यक्षमा डा. अनुपम पोखरेल, उपाध्यक्ष (महिलातर्फ) मनिषा राई, कोषाध्यक्षमा सन्तोष पाण्डे र सदस्यहरुमा दावा लामा, अभिषेक केसी निर्विरोध भएका छन् । कार्यसमितिका पाँच सदस्यका लागि उम्मेद्वारी दिएका अनिलकुमार श्रेष्ठ, दिपक आचार्य, संगीता दाहाल, खिमराज गौतमले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । ५ कार्यकारी सदस्यका लागि तीजनाको स्थान खाली छ । अर्कोतर्फ, उपाध्यक्ष पदमा भने तारा गैरे र प्रकाश सेढाई मैदानमा छन् । निर्वाचन आयोगका प्रमुख जोग लिम्बुले उम्मेद्वारी फिर्ता लिने समय मंगलबारसम्मका लागि थप गरिएको जानकारी दिनुभयो । यसले निर्वाचन तालिकामा भने कुनै असर नपर्ने उहाँको भनाई छ । आगामी अप्रिल २ तारिखमा तोकिएको छ भने ९ तारिखमा नयाँ कार्यसमितिसहित बृहद गाला डिनर आयोजना गर्ने तयारीमा न्याभ लागेको छ ।न्याभका वर्तमान अध्यक्ष सुधिर शाक्यले निर्वाचनको कार्यक्रम जारी रहेको र गाला डिनरलाई भव्यतापूर्वक सम्पन्न गर्न तयारी अघि बढाइएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?