भेनिसा लिम्बुको हत्यामा संलग्न तीन पक्राउ, एक फरार, घटना रहस्यमय


limbuमहानगरीय अपराध महाशाखाले गत फागुन १४ गते मृत अवस्थामा फेला परेकी भेनिसा लिम्बूको हत्यामा संलग्न तीनजनालाई पक्राउ गरेको छ । गत फागुन ८ गते हराएकी धनकुटा राजारानी घर भएकी लिम्बूको प्रहरीले भक्तपुरको नगरकोटस्थित मनपोखरीस्थित बाँसघारीमा फागुन १४ गते शव फेला पारेको थियो । महाशाखाले पत्रकार सम्मेलन गरी लिम्बूको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका काठमाडौँ बौद्धका सनि लामा, सजित लामा, मोरङ घर भई हाल भक्तपुर थली बस्ने राजन राईलाई सार्वजनिक गरेको छ ।
महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले राजन राई र भेनिसा फेसबुकमा साथी बनेको भेटघाटमा अश्लील क्रियाकलाप गर्न खोज्दा नमानेपछि हत्या गरेको अभियुक्तले प्रहरीसमक्ष बयान दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “पछिल्लोपटक साइबर अपराधका कारण धेरै मानिस फसेका छन् यो हत्या पनि साइबर अपराधकै कारण भएको हो ।” लिम्बूलाई जबर्जस्ती रक्सी खुवाई लट्ठ बनाएर यौन शोषण गर्न खोजेपछि लिम्बू भाग्न खोज्दा धकेलेर घाइते भएको र उपचार नभएपछि लिम्बूको निधन भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अभियुक्तहरूलाई त्रिभुवननगर गाविस सर्लाहीबाट पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरूलाई अन्य कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर, भक्तपुर पठाएको खनालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?