धेरैजसो चीनमा भइरहने खानी दुर्घटनाको अर्को श्रृंखला, १९ को मृत्यु


china mineचीनमा बुधबार राति भएको खानी दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ । सिन्ह्वाका अनुसार चिनियाँ अधिकारीहरुले त्यहाँ हुने गरेको खानी दुर्घटनाको पछिल्लो शिकार १९ जना मजदुर भएको जानकारी दिएका हुन् । उत्तरी चीनको सान्ची प्रान्तमा बुधबार राति सो दुर्घटना भएको बताइएको हो । राति १० बजे उक्त प्रान्तको सानियान काउन्टीमा रहेको एन्पिङ खानीमा सो घटना भएको खानी मालिकले जानकारी दिएका छन् । खानीमा अकस्मात भएको विस्फोटमा परी १९को ज्यान गएको र अरु केही हराईरहेका प्राप्त समाचारमा जनाइएको छ । उक्त काउन्टीमा रहेको खानी समूहले बिहीबार त्यसमा अरु मजदुर नफसेका र मृत्यु हुनेको सङ्ख्या १९ पुगेको जानकारी दिएका छन् । सो समूहले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– दुर्घटना भएको समयमा १२९ जना मजदुर कार्यरत थिए, अरु केही घाइते भएका छन् । उक्त दुर्घटनापछि घाइतेलाई अस्पताल पु¥याइएको छ भने थप उद्वारको काम जारी रहेको छ । सो काउन्टीमा यसअघि पनि कोइला खानीमा दुर्घटना भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?