गोन्जाउ हुँदै ब्रिसबेनमा लागू पदार्थ पठाउने तीन जना नेपालमा पक्राउ, दुई अष्ट्रेलियामा समातिए


लागू औषधको जालो यति नराम्रोसँग जेलिएको छ कि यसबाट प्राप्त हुने अवैध रकमको लागि नयाँ नयाँ उपायहरु तस्करहरुले खोजिरहेका हुन्छन् । australia postपछिल्लो समयमा लागू औषधका कारोबारीको नयाँ जालो फेला परेको छ जसले नेपालमा बसेर चीनबाट अष्ट्रेलियाको ब्रिसबेनमा लागू औषधि पठाइरहेको थियो । किताबभित्र चरेश भेटिनु, सजावटका मूर्तिभित्र कोकिन लुकाउनु र स्याम्पुको बोतलमा झोल बनाएर कोकिनको कारोबार गर्न नेपाललाई ट्रान्जित बनाउनु लगायतका यावत घटना बाहिर आइसकेका छन् । यसैबीचमा, ब्रिसबेन गोन्जाउ र काठमाडौंको कनेक्सन सार्वजनिक भएको छ । जसमा तीन जना पक्राउ परेका छन् ।
यस्तो छ घटना
अष्ट्रेलियाको ब्रिसबेनमा दुईजना व्यक्तिहरु लागू औषधको कारोबार गरेको अभियोगमा पक्राउ परे । उनीहरु थिए अष्ट्रेलियन नागरिक रेमोण्ड जोहन मार्सडेन र नेपाली भुपेन्द्र तामांग । उनीहरु ५४ केजी मेथाफेटामाईनसहित पक्राउ परेका हुन् । यसपछि फेडरल पुलिस अष्ट्रेलियाले नेपालमा सम्पर्क गर्यो । किनकि, यो लागू औषध चीनबाट आएपनि यसलाई अर्डर गर्ने र यहाँ पठाउने कार्य नेपालबाट भएको थियो । चीनको गोन्जाउबाट समुद्री मार्ग हुँदै २०१६ को जनवरीमा अष्ट्रेलियाको ब्रिसवेनमा घर सजावटका सामान भनी पठाएको सामान लिन पुगेका अष्ट्रेलियन नागरिक रेमोण्ड जोहन मार्सडेन र नेपाली नागरिक भुपेन्द्र तामाङ ५४ के।जी। मेथाफेटामाईनसहित अष्ट्रेलियामा पक्राउ परेको घटनाको अनुसन्धानको क्रममा लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरले चैत ७ गते थप ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ निलोपुलस्थित श्रेष्ठ फेन्सी स्टोरका संचालक सिन्धुपाल्चोक वतासे गाविस–४ का मनिष श्रेष्ठ, ठमेलस्थित हिमालयन ट्रेकका संचालक धादिङ त्रिपुरेश्वर गाविस–३ खहरेका बिक्रम लामिछाने र नुवाकोट दाङसिङ गाविस–५ घर हुने होमबहादुर तामाङ रहेका छन् । श्रेष्ठ र लामिछानेले चीनबाट हामीलाई सामान पठाई सामान बुझ्न भनेको भनी मार्सडेन र भूपेन्द्रले खुलाएको भन्दै अष्ट्रेलियन फेडरल पुलिसले व्यूरोमा पत्राचार गरेपछि श्रेष्ठ र लामिछानेलाई ब्यूरोले पक्राउ गरेको हो ।
साथै निजहरुलाई सोधपुछ गर्दा श्रेष्ठसँग लामिछानेले अष्ट्रेलियाको सामान रिसिभ गर्नेको ठेगाना उपलव्ध गराउन भनेपछि मार्सडेनको ठेगाना उपलव्ध गराएपश्चात लामिछानेले सोधपुछका क्रममा खुलाएका होमबहादुरलाई समेत पक्राउ गरेको थियो । सोधपुछको क्रममा होमबहादुरले मार्सडेनको ठेगाना बैंककमा बस्ने धर्म पाख्रीनलाई उपलव्ध गराएपछि पाख्रीनले चिनीयाँ नागरिक फ्राङकको इमेल ठेगाना उपलव्ध गराएको र लामिछानेले उक्त ईमेल मार्फत सम्पूर्ण विवरण मार्डेन र फ्राङकसँग आदान प्रदान गरेको खुल्न आएको छ ।
सो बापत होमबहादुरले श्रेष्ठ, लामिछाने र मार्सडेनलाई प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँ दिने कुरा अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका ३ जनालाई सम्मानित जिल्ला अदालत काठमाडौंबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको र उक्त अवैध लागूऔषधको अन्तर्राष्ट्रिय बजार मूल्य २७ लाख अमेरिकी डलर रहेको ब्यूरोले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?