राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई
सशस्त्र प्रहरी महानिरीक्षक ‘तेस्रो राष्ट्रिय महिला भलिबल’ प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)ले जितेको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको भलिबल कोटमा शुक्रबार भएको फाइनलमा एपीएफले नेपाल प्रहरी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।
एपीएफले २५–८, २५–२३ र २५ –२० ले पराजित ग-यो । उपाधिसहित एपिएफले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ । त्यसैगरी उपविजेता बनेका नेपाल प्रहरीले १ लाख २५ हजार रुपैयाँ प्राप्त ग¥यो भने तेस्रो स्थानको पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले ५० हजार रुपैयाँ हात पा-यो ।
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिले गरेको प्रतियोगिताका विजेता टोलीलाई एपीएफका प्रहरी महानिरीक्षक दुर्जकुमार राईले पुरस्कार वितरण गर्नुभयो । चैत १५ गतेदेखि शुरु भएको प्रतियोगितामा विभिन्न पाँच टोली सहभागी थिए ।